गुफा पोखरी नेपालको एक प्रसिद्ध पर्यटकिय स्थल हो । यो पोखरी संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी स्थित २ हजार ९ सय मिटरभन्दा माथिको उचाइमा रहेको छ ।
गुफा पोखरीको चर्चा संगै अन्तरिक पर्यटक र बाहिरी पर्यटकको आगमन बढेर गएको छ । गुफा पोखरी जतिको सुन्दर छ त्यती नै त्यस ठाँउको पनि वातवरण स्वच्छ र आनन्दित रहेको छ ।
जोकेही गुफा पोखरी घुमेर फर्के पछी पुनं. घुम्न जाने इच्छा राख्छन ।
मोरङको बेलबारीबाट गुफा पोखरी घुम्न गएका एक युवाको टोली मध्यका सुबास राई भन्छन,"गुफा पोखरीको यात्रामा बाटो अली अफ्ट्यारो र सगुरो छ । धेरै ठाँउ चिप्लियै लडौ तर गुफा पोखरी देख्दा सबैले सबै दुख भुल्यौ । मैले गुफा पोखरीको यात्रा गरेको दुई पटक भएको छ ।" यस क्षेत्रलाई मानिसहरुले गुराँसको राजधानी पनि भन्ने गर्दछ । गुफा पोखरी कती सुन्दर छ भन्ने कुरा बेलबारीका स्थानिय फोटोग्राफर रिजन राईले लिएको तस्विरबाट पनि थाहा हुन्छ ।