काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा ५० जनाको ज्यान गयो । विमानमा ढाकामा एमबीबीएस अध्ययन गर्न गएका १९ नेपाली विद्यार्थी थिए ।
ती विद्यार्थीहरु आफ्नो एमबीबीएस अध्ययनको अन्तिम परीक्षा सकेर नेपाल फर्किंदै थिए । दुर्घटनास्थलका सार्वजनिक भएका तस्वीरहरुमध्ये उक फोटोले अहिले ससांर हल्लाइदिएको छ ।
मेटिकल शिक्षाको एक पुस्तक क्षत विक्षत अवस्थामा देखिएको उक्त फोटोले अहिले सबैको ध्यान तानिदिएको छ ।डाक्टर बन्ने सपना बोकेर गएका विद्यार्थीहरु ठूलो परिश्रम गरी अध्ययन सकेर अब औपचारिक रुपमा डाक्टर बन्ने सपनासहित स्वदेश फर्किएका थिए ।
तर, दुर्घटनाले उनीहरुको सपना चकनाचुर बनाइदिएको छ । उनीहरुको सपनाजस्तै क्षतविक्षत भएको यो पुस्तकको फोटो सामाजिक संजालमा शेयर गरिएको छ ।