काठमाडौं : सोमबार भएको विमान दुर्घटनाका २२ घाइते खतरामुक्त रहेको अस्पतालहरुले बताएका छन् । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थिो ।
स्वास्थ्य संस्थालाई उद्धृत गर्दै विमान दुर्घटनामा घाइते २२ जनाको अवस्था खतरामुक्त रहेको विमानस्थल कार्यालयले जनाएको छ । घाइतेको विभिन्न अस्पतालसँग समन्वयन गरेर उपचार भइरहेको छ ।
अधिकांश घाइतेको ग्राण्डि, नर्विक र केमएससी लगायत अस्पतालमा उपचार भइरहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।
विमानस्थल कार्यालयले दुर्घटनामा ज्यान गुमाएका ४९ जनाको शव आजै आफन्तलाई बुझाउने भएको छ । दुर्घटनामा २२ नेपाली, २१ बंगलादेशी र एक एक जना चीन र माल्दिभ्सका नागरिकको ज्यान गएको छ ।
ज्यान गुमाएका बंगलादेशीका आफन्त मंगलबार काठमाण्डू आइपुग्ने र शिक्षण अस्पतालमा प्रक्रिया पु¥याएर सकभर आजै शव बुझाउने ठाकुरले बताए ।