• झापा । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको आर्थिक लेनदेनकै कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
    गत फागुन २० गते अपहरणमा परेका मुखियाको शव सोमवार इलामको रोङ गाउँपालिका वडा नम्बर–३ लसुने अर्याल चोक सडक खण्डमा फेला पारिएको थियो । उनका हत्या उनकै साथीहरुले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    मुखियाको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै प्रहरीले एक सुनचाँदी व्यवसायी र उनका दुई सहयोगीलाई सार्वजनिक गरेको हो ।

    प्रहरीले साजन हत्या अभियोगमा बिर्तामोड–३ सैनिकमोडका २९ बर्षीय पारसकुमार देव, बिर्तामोड–६ त्रिवेणी टोलका १९ बर्षीय दिपेश पौडेल र तेह्रथुम छातेढुङ्गा–८ घर भई बिर्तामोडको सैनिकमोड बस्दै आएका प्रकाश भनिने चिरञ्जिवी ओलीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी विष्णुकुमार क्षेत्रीका अनुसार सुनचाँदी व्यवसायी पारसकुमार देवले मृतक साजनको व्यवसायिक सफलता देखेर ओली, पौडेललगायतलाई रकम दिएर हत्या गर्न लगाइएको अनुसन्धानबाट खुलेको छ ।

    अभियुक्त देवले आफ्नो व्यवसायमा क्रमिक गिरावट आएको र मृतक साजनलाई पाखा लगाए निजको कारोबार समेत आफुले पाउने अभिलाषाले हत्याको योजना बनाएको समेत एसपी क्षेत्रीले बताए

    उनको हत्याको विरोधमा मङ्गलवार बिर्तामोड बजार स्वतस्फूर्त बन्द पनि गरिएको थियो । व्यवसायीले बिरोध ¥यालीसहित बजार बन्द गरेका हुन् ।

    व्यवसायीले हत्यारा पहिचान गरी तुरुन्त कारवाही गर्न माग गरिरहेको बेला प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

    हत्या अभियोगमा पक्राउ परेको तीनै जनालाई मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र सङ्गठित अपराध मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सधैँ काममा व्यस्त रहने मुखिया कामको सिलसिलामा रिद्धिसिद्धी ज्वेलर्समा गएर आउँछु भनी पसलबाट निस्किएका थिए ।
    फागुन २० गते दिउँसो करिब १ बजेर ३० मिनेटमा रिद्धिसिद्धी ज्वेलर्सका सञ्चालक पारसकुमार देवले मे.७ प ८७५४ नम्बरको स्कुटरको पछाडि राखी बिर्तामोड–५ तमुटोलमा रहेको आफ्नो घरमा लगेको प्रहरीले जनाएको छ ।

    घरमा पु¥याएको करिब एक डेढ घण्टाको बीचमा साजनको हत्या भएको देखिन्छ,’ एसपी क्षेत्रीले भने, ‘त्यसपछि सोही दिन साँझ भारतीय नम्बरको गाडीमा शव राखी लगेर फ्यालेको देखिन्छ ।

    प्रहरीले देव र पौडेललाई बिर्तामोडबाट र ओलीलाई तेह्रथुमबाट सोमबार पक्राउ गरेको हो ।

    प्रहरीले पक्राउ परेका व्यक्तिको पूरा विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।

    प्रहरी स्रोतका अनुसार देवले सुनचाँदीको लगभग ७० लाख भन्दा बढी मुखियालाई बुझाउन बाँकी रहेको थियो ।

    उक्त रकम तिर्नुको सट्टा देवले मुखियाको हत्या गरेको बताइएको छ ।

    देव भारतको सिलिगुडीमा नेपालबाट सुनचाँदी तस्करी गर्दै आएको बताइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…