• योगराज दाहल/मोरङ 

    लेटाङ २९ फागुन ।

    लेटाङ नगरपालिकाले दोस्रो चौमासिक सार्बजनिक सुनुवाई सम्पन्न गरेको छ ।
    आज लेटाङ ८ जाँतेको सभाहलमा लेटाङ भरीका जनताका बिचमा सार्बजनिक सुनुवाई गरेको हो ।
    कार्यक्रममा लेटाङ नगरपालिकाको चौमासिक प्रतिबेदन प्रसासकिय अधिकृत पुन्यप्रसाद पौडेलले गरे ।

    सार्बजनिक सुनुवाईमा स्वास्थ्य , बिकास योजना , कृषि , शिक्षा , लगायत नगरपालिकाका गतिबिधिहरुका बिषयमा प्रस्नोत्तर गरिएको थियो । बिषयगत शाखाहरुका प्रमुखहरुलाई जनताले पठाएको प्रश्नहरु गरिएको थियो ।
    लेटाङ नगरपालिका पहिला भन्दा कार्यप्रगती भएको देखिए पनि अझै धेरै काम गर्न जरुरी रहेको औल्याएका थिए । नगरपालिकाले टुक्रे योजनामा अलिक बढी लगानी गरेको जस्तो भएकाले दीर्घकालीन योजनामा ध्यान दिन स्थानियको सुझाब थियो ।

    नगरपालिकाका गतिविधि सम्बन्धमा आएका प्रश्नहरुको जवाफ सहितको मन्तब्यमा लेटाङ नगरपालिका प्रमुख शंकर राईले जवाफदेहिता सहितको काम गर्न प्रतिबद्ध रहेको बताए । लेटाङ नगरपालिका जिल्लाकै बिकट भुभाग समेत रहेकोले धेरै बजेट र योजनाको आवश्यकता रहेको बताए । जनतालाई सुबिधा सहितको सेवा दिन दिनरात आफू लागिरहेको बताउदै राईले लेटाङलाई नमुना नगरपालिका बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । केहि केही कर्मचारी र जनप्रतिनिधि बिचमा केही समस्या आएर काममा समस्या भएता पनि हाल समस्या नरहेको बताए । केही योजनाहरुको कामको भुक्तानी भैइसकेको र बाँकि काममाको निरन्तर अनुगमन मुल्यांकन गरेर प्रकृयागत ढङबाट काम अगाढी बढाउने बताए ।

    कार्यक्रममा लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौला , वडा नम्बर ३ का वडा अध्यक्ष देवराज चाम्लिङ , वडा ८ का वडा अध्यक्ष भिम पोख्रेल , वडा नम्बर ९ का अध्यक्ष कृष्ण लुईटेल , नेपाली काङ्रेसका लेटाङ सहसंयोजक प्रेम खड्का, नेकपा एमालेका प्रतिनिधि सोमनाथ निरौला लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि , संघ सस्थाका प्रतिनिधि , बुद्धिजीवी समाजसेवी लगायत स्थानियको उपाथिती रहेको थियो ।
    कार्यक्रम सुसेलि एफएमका स्टेसन म्यानेजर बाबुराम निरौलाले सन्चालन गरेका थिए

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…