• झापा । कक्षा ८ की आवन्तिका पौडेल भविष्यको मेचीनगरको परिकल्ना गरिएको ‘स्र्माट सिटी’ को बारेमा बयान गर्दै भन्दै थिइन् ‘अब हामीले छिट्टै यस्तो नगर देख्न पाउने छौँ । जसलाई हामीले आज परिकल्पना गरेका छौँ ।’
    हिमालयन इङ्लिस एकाडेमी सेकेण्डरी स्कुल धुलावारीले आयोजना गरेको विज्ञान प्रदर्शनीमा कक्षा ८ का विद्यार्थीले निर्माण गरेको सबै पूर्वाधारले सुविधा सम्पन्न देखिन ‘स्र्माट सिटी’ हेर्न लायक थियो ।
    कार्यक्रमका प्रमुख अतिथि लोकबहादुर दाहालले कक्षा ८ आर्थिक राजवंशीको टिमले ८ दिन लगाएर बनाएको रोवर्ट उडाएका थिए । साथमा एकाडेमीका निर्देशक दीपक भण्डारीले ड्रोन क्यामारा स्टेजबाट उडाउँदै गर्दा उद्घोषकद्धय विवेक क्षेत्री र दुर्गा शाक्यले प्रदर्शनीको उद्घाटन भएको घोषणा गरेका थिए ।
    प्रशन्न पौडेलले सिंगो बाहुनडाँगीको चित्रलाई प्रर्दशनीमा राखेको थिए । उनका ५ जना साथीहरुको समूहमा निर्माण गरिएको झापाको उत्तर पूर्वी क्षेत्र बाहुनडाँगीको भौगोलिक अवस्थाका बारेमा जानकारी गराइएको थियो । यहाँको जनजीवन, वन जंगल, बाटोघाटो, नदी नाला, तथा जंगली जनवार त्यसमा पनि हात्तीको उपद्रोका बारेमा स्पष्ट देखाउन खोजिएको थियो । ३ दिनसम्म लगाएर बनाइएको उक्त चित्रमा जंगली जनवारले गर्ने असरका बारेमा सहभागिलाई उनीहरुले बताइरहेका थिए ।
    कक्षा ७ का अखिल पौडेलको टिमले हाइड्रोलिक जेसीभी निर्माण गरेका छन् । पछिल्लो समय विकास निर्माणका लागि धेरै प्रयोग हुने यो मेसिन उनीहरुले स्थानीय सामाग्रीहरुको प्रयोगबाट निर्माण गरेका हुन् ।
    कक्षा ६ का विद्यार्थीले धान कुट्ने र पैसा निस्कने मेसीन निर्माण गरेका छन् । एकातिबाट धान हालेपछि अर्काेतर्फ चामल निस्कने र एकातिरबाट कागज हाल्दा अर्काेतिर पैसा निस्कने फरक–फरक मेसीनको निर्माण गरेका थिए । कक्षा ६ का विद्यार्थीहरुले वन्यजन्तु संरक्षण गर्ने विद्युतिय उपकरण निर्माण गरे ।
    १५ वटा स्टल रहेको प्रदर्शनीमा विद्यार्थीहरुले नेपालको मौलिकता जनाउने सामाग्री ढिकी, जाँतो, मादल, गुन्द्र गजरा, पियानो, हारमोनियम देखि अत्याधुनिक उपकरणहरुको निर्माण गरेको विज्ञान प्रदर्शनीका संयोजक एवम् शिक्षक सुनिल साहले बताए ।
    प्रदर्शनीमा कक्षा ६ देखि ९ सम्मका ५० भन्दा धेरै विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहेको थियो ।
    विद्यालयले प्रदर्शनीको लागि सम्पूर्ण सामाग्रीहरु तयार गरिदिएको थियो । विद्यार्थीले विदयलयै रहेर सामाग्री निर्माण गरेका थिए ।
    विद्यालयले विज्ञान प्रदर्शनीका लागि संयोजक सुनिल शाह र सहसंयोजक सुमन रेग्मीलाई जिम्मेवारी दिइएको छ ।
    सहसंयोजक रेग्मीले कक्षाकोठामा पढाएका विषयवस्तुलाई प्रयोगतात्मक रुपमा गर्न र विषयवस्तु भन्दा बाहिरका कुराहरुलाई समेत विद्यार्थीहरु समक्ष जानकारी गराउन यो प्रदर्शनीको मुख्य उदेश्य रहेको बताए । शिक्षक रेग्मीले प्रदर्शनीका कारण विद्यार्थीहरुमा हौषला भएको बताए ।
    अभिभावक हेमेन्द्र निरौलाले विद्यार्थीहरुको शैक्षिक ज्ञान बढाउन विद्यालयले गरेको प्रयासप्रति धन्यवाद दिए । विद्यालयले विद्यार्थीलाई अवसर दिएमा जस्तो काम गर्न पनि सक्दा रहेछन् भन्ने उदाहरण भएको निरौलाले बताए ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…