• क्वालालम्पुर!

    मार्च-१४

    मलेशियामा ९औ सेलेनाइट अन्तर्राष्ट्रिय कराते कप  मार्च १० र ११ तारिक टिटी वाङ्सार क्वालालम्पुरको स्टेडियममा सम्पन्न भएको छ।उक्त खेलमा नेपाल बाट सहभागी भएकी मतिना महर्जनले ४७ किलो तौल समुहको क्याडेडमा रजत पदकको उपाधी हात पारेकी थिइन।त्यसैगरी ५५ किलो तौल मुनि तुलाराम धामीले कास्य पदक हात पारे भने  ८४ किलो तौल मुनि शेखर श्रेष्ठले कास्य पदक प्राप्त गरेका थिए। र ८४ किलो तौल माथी भिम बहादुर महरले कास्य पदक जितेका छन।

    साथै (टिम) ग्रुपिङ फाइटमा राम तामाङ,दोर्जे तामाङ,नोर्बु तामाङ र भिम बहादुर महरले कास्य पदक जितेका छन। नेपालको तर्फबाट रेफ्रीको भुमिका निर्वाह गरेका अन्तर्राष्ट्रिय रेफ्रीहरु श्याम शेर्पा, विशन सिंह खड्का,योगेन्द्र कोइराला,रामकृष्ण तामाङ लामा र लक्ष्मी क्षेत्रीरहेका थिए। कार्यक्रमको उद्घाघाटन एसिया प्यासिफिक सितोरियो करातेका अध्यक्ष, दातो टि.पोनियाले गरेका हुन।

    नेपाल बाट आउनु भएका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्र विक्रम लाखे लाइ विशेष अतिथिको रुपमा स्वागत गर्दै नेपाल हायसी-हा कराते संघका अध्यक्ष शिवराम राजवङ्शीको आथित्य रहेको थियो। उक्त प्रतियोगितामा नेपाल ,ईन्डिया,श्रीलंका,इन्डोनेशिया,सिङापुर,मलेशिया ,बाङ्लादेश र फिलिपिन्सका अन्तरास्ट्रिय स्तरका खेलाडीहरुको सहभागीता रहेको प्रबासि सितेर्यु कराते सघ मलेशियाका अध्यक्ष योगेन्द्र कोइरालाले रातोकलम अनलाइन लाई जानकारी दिएका हुन।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…