• उर्लाबारी, २९ फागुन । नेपालका चर्चित हेयर स्टाइलिष्ट निल डेभिड् कटुवालको सैलुनको ५४ औं शाखा मोरङको पथरीमा निल डेभिड् युनिसेक्स सैलुन सञ्चालनमा ल्याएका छन् ।
    बुधबार एक भव्य समारोहविच पथरी नगरपालिकाका प्रमुख दिलिप कुमार राई र विशिष्ट अतिथी ख्यातिप्राप्त चलचित्रकर्मी सुनिल थापाले शुभारम्भ गरे । सैलुनको शुभारम्भ पश्चात चलचित्रकर्मी थापाले निलको हेयर स्टाइल कलाबाट आर्कषित भएको चर्चा गर्दै नेपालको हेयर फेशनको क्षेत्रमा उनले पु¥याएको योगदानको चर्चा गरे । साथै उनले जुनसुकै काम पनि ठूलो सानो नहुने भएकाले सबै कामलाई सम्मान गर्नूपर्ने बताए ।


    पथरीमा नेल डेभिड कटुवालको सैलुनको शाखा विस्तार हुनु पथरीवासीका लागी खुसीका कुरा भएको नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी दिलिप कुमार राईले बताए । सानो आकारमा शुरु गरेको निलको सैलुनले सयौंलाई रोजगारी दिलाउँदै ५४औं शाखासम्म विस्तार गर्नु उपलब्धिमुलक भएको चर्चा गर्दै नगरप्रमुख राईले सफलताका लागि शुभकामना दिए । सबै नेपालीको साथ, सहयोग र हौसालाले गर्दा नै नेल डेभिड्स युनिसेक्स सैलुनले सफलता पाएको र शाखा विस्तार गरेको यसका संस्थापक नेल डेभिड कट्वालले बताए ।


    जननी इन्टरप्राइजेज तथा निल डेभिड पथरी शाखाका प्रवन्ध सञ्चालक प्रकाश थापाले महिला तथा पुरुषको अनुहार तथा रुप रंग सुहाउँदो तवरले केश सजावट (हेयर स्टाइल) का साथमा स्ट्रेट, फेशियल, मेकअप, नेल आर्ट, मेहेन्दी, होम ब्राडियल मेकअप, कपालको सौन्दर्यसम्बन्धि विभिन्न सेवा तथा प्रशिक्षण उपलब्ध रहने बताउनुभयो । उर्लाबारीको सफलता पछी थापा लगायतका टिमले संयुक्त लगानीमा पथरीमा शाखा विस्तार गरेका हुन् ।

    तस्बिर दिप्सन खत्रि

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…