• २०७४ फागुन ३० बुधवार

    मोरङको ; लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा सोमवारबाट जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवार सम्पन्न भएको छ ।

    मोरङको ३ नम्बर क्षेत्र अन्तर्गतका २८ वटा निजी तथा सामुदायीक बिद्यालयको सहभागीतामा भएको राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स, भलीवल, कबर्डि र रिले इभेन्ट्स भएका थिए ।

    जसमा १४ स्वर्ण ६ रजत र २ कास्य पदक हासिल गर्दै सुकुना मा.वि. सुन्दरहरैचा प्रथम भएको छ ।

    त्यसैगरी ३ स्वर्ण २ रजत र ९ कास्य पदक हासिल गर्दै सिद्धार्थ सेकेण्डरी बोडिङ सुन्दर हरैचा दोस्रो र आयोजक विद्यालय लक्ष्मी मा.वि. बेलवारी ११ लक्ष्मीमार्गले ३ स्वर्ण ५ रजत र २ कास्य पदक हासिल गदै तेस्रो स्थान हात पार्न सफल भएको छ ।

    सबै खेलकुदका इभेन्समा लक्ष्मी मा.वि. लक्ष्मीमार्ग र सुकुना मा.वि. सुन्दर हरैचाले सहभाागीता जनाएको र जम्मा सबै विद्यालयबाट करिब २ हजार विद्यार्थीको सहभागीता रहेको आयोजक समितिका व्यवस्थापक देवीप्रसाद पोख्रेलले बताउनुभयो ।

    मोरङ खेलकुद विकास समितिका कोषध्यक्ष सुजय गौतमले सभापत्तिव गर्नुभएको प्रतियोगितामा प्रमुख अतिथि क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी रहनुभएको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…