• काठमाडौं। नेपाल प्रहरीले सांसदको उमेद्वार भइसकेको गणेश लामालाई इन्काउटर गर्न खोजेको उनका सहकर्मीहरुले आरोप लगाएका छन्। विगतमा पृष्ठभुमिलाई पटक पटक देखाएर प्रहरीले पुरानो रिस राखि गणेशलाई इन्काउण्टर गर्न खोजेको उनीहरुको आशंका छ।

    काठमाडौं गौशालाको पशुपति भिजनमा रहेको हेल्थ क्लवमा नियमित जाने गरेका लामालाई प्रहरीले सादा पोशाकमा घेरा हाली आक्रमण गरेको उनीहरुको आरोप छ। नाम नबताएका लामाका एक सहकर्मीले क्लवबाट निस्कने क्रममा लामालाई दुई जनाले गोली हान्ने प्रयास गरेका थिए। उनीहरुलाई लखेट्ने क्रममा प्रहरीले लामालाई नै हतियार समेत राखेको भन्ने आरोपमा नियन्त्रणमा लिएको लामाका सहयोगीले बताए।

    प्रत्यक्षदर्शीका अनुसार लामालाई गोली हान्ने सादा पोशाकका प्रहरी नै थिए। नेपाली काँग्रेसका पूर्व सा्सद तीर्थ लामाले गणेशलाई गोली हान्नु र पक्राउ गर्नुको कारणबारे आफू अनविज्ञ रहेको बताए। क्लवमा गएर फर्कने क्रममा गणेशलाई गोली प्रहार समेत गरि नियन्त्रणमा लिएको जानकारी पाएको उल्लेख गर्दै लामाले घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग गरे।

    नेपाली काँग्रेसबाट सांसद पदका प्रत्यासी भइसकेका व्यवसायी गणेश लामा माथि गोली प्रहार भएपछि गौशाला क्षेत्रमा राती केहि समय तनावको अवस्था समेत सिर्जना भयो। नियन्त्रणमा लिइएका लामालाई गौशाला प्रहरी परसरमा हतकडी लगाएर राखिएको छ। लामा केहि बर्षदेखि राजनीतिमा सक्रिय छन्।

    प्रहरीले पक्राउ गरेका लामाको साथबाट एउटा पेस्तोल र ६ राउण्ड गोली समेत बरामद गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। लामाले भने आफूलाई फसाउन प्रहरीले नै हतियार जवर्जस्ती राखिदिएको बताएका छन्।

    विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य लामा पार्टी काँग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर प्रदेश सभाको चुनावी मैदानमा उत्रेका थिए । काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…