• विराटनगर/ छोरीमाथि गरिने विभेद अन्त्य गर्न विराटनगर महानगरपालिकाले पहिलो सन्तान छोरी जन्माउने दम्पत्तीलाई प्रोत्साहन रकम दिन थालेको छ । पहिलो सन्तान छोरी जन्माउने आमालाई विराटनगर महानगरपालिकाले ३ हजार रुपैयाँ प्रोत्साहन रकम दिन थालेको हो ।

    महानगरपालिकाको सभाहलमा आज एक कार्यक्रम आयोजना गरी पहिलो सन्तान छोरी जन्माउने १४ जनालाई प्रोत्साहन रकम वितरण गरियो । महानगरको गएको २३ साउन बसेको महानगरको नगरपरिषदले गरेको निर्णय अनुसार प्रोत्साहन रकम प्रदान गर्न थालिएको हो ।
    छोरीप्रति सम्मान जनाउन यस्तो कार्यक्रम थालेको महानगरका प्रमुख भीम पराजुलीले बताए । प्रोत्साहन रकम प्राप्त गर्न महानगरमा निवेदन दिनुपर्छ । पहिलो चरणमा ३१ निवेदन परेको भएपनि १४ जना मात्र कार्यक्रममा सहभागी थिए । उनीहरुलाई महानगर प्रमुख पराजुली र उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा सम्मान गरे ।

    प्रोत्साहन रकम पाउन विवाहको उमेर कम्तिमा २० वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको, अस्पतालमा प्रसुति गराएको र बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता बनाएको हुनुपर्ने प्राबधान राखिएको छ । अन्य बाँकी रहेका र अब नाम दर्ता हुनेहरुलाई महानगरपालिको १९ वटै वडा कार्यालयहरुबाट प्रोत्साहन रकम वितरण हुनेछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…