• दमक, १ चैत /  बर्षदिन अघि झापाको दमक –१० सेतुमारीस्थित मावा खोलामा निर्माण सम्पन्न भएको पुल अझै सञ्चालनमा आउन सकेको छैन् ।
    रु ४ करोड २१ लाख बढिको बजेटमा कृषि सडक अन्र्तगत स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको मेची र कोशी अञ्चललाई जोड्ने सो पुल निर्माण सम्पन्न भएको एक वर्ष हुदाँ समेत सञ्चालनमा आउन सकेको छैन् ।
    पुलको पूर्वी भाग दमक खण्ड र पश्चिम भने मोरङको उर्लावारी नगरपालिका–९ मा करिब ५ सय मिटर सडक निर्माणको काम अगाडी बढ्न नसक्दा पुल सञ्चालनमा आउन नसकेको हो । निर्माण सम्पन्न भएपछि गरिनु पर्ने मर्मत संम्भारको काम हुन नसक्दा अहिले पुलको दुबै किनारमा जोखिम बढ्दै गएको छ । पुल नियमीत सञ्चालनमा आए दमकसहित पूर्वी मोरङका बासिन्दाहरुलाई आवगनमा सुविधा पुग्ने स्थानीयहरुको भनाई छ ।
    विपी रौताह जेबिले ६६ मिटर लम्बाई र साढे पाँच मिटर चौडाको पुल निर्माणका लागि आर्थिक वर्ष २०७० चैत्रमा संझौता भएर २०७१ असोजबाट निर्माण शुरु गरि २०७३ चैत्रमा निर्माण सम्पन्न गरेको निर्माण पक्षका प्रतिनिधि राजकुमार भण्डारीले जानकारी दिए ।
    कम्पन्नीका ठेकेदार भण्डारीले आफुले निर्माणका लागि गरेको संझौता अनुसारका सम्पूर्ण काम गतवर्षको चैत्र महिनामानै सम्पन्न गरिसकेको बताउँछन् । ठेकेदार भण्डारीले पुल निर्माण सम्पन्न पछि पुल सुरक्षाका लागि निर्माण गर्नुपर्ने ग्याविङ वाल र पंखा पुर्ने काम समेत सम्पन्न गरिसकिएकाले बाँकी काम आफनो जिम्मेवारी भित्रको नरहेको जिकिर गरे ।


    जिल्ला समन्वय समिति झापाको प्राविधिक शाखाको प्रत्यक्ष निगरानीमा पुलको निर्माण भएको बताईएको छ ।
    यता पुल निर्माणका लागि अघिल्लो चरणको संझौता अनुसार काम सम्पन्न भइसकेको र पुलको दुबै किनारामा माटो पुर्ने तथा खोलामा तारजाली लगाउने काम बाँकी रहेको जिल्ला प्राविधिक शाखा झापाका प्रमुख सुशिल श्रेष्ठले जानकारी दिए । पुलको पश्चिमको मोरङ खण्डमा ५ मिटर सडक निर्माण र आवश्यकता हेरि दुईदेखि ३ वटा सम्म कल्र्भट निर्माण गर्न अतिनै आवश्यक रहेको इन्जिनियर समेत रहेका श्रेष्ठले जानकारी दिए । सो कामका लागि यहि चैत्र मसान्त सम्ममा ठेक्का प्रकृया जाने तयारी भइरहेको पनि श्रेष्ठले बताए । बाँकी संरचना निर्माणकालागि अझै रु २ करोड बढिको बजेट आवश्यक रहेको उहाँले बताउनुहुन्छ । पुलले पूर्णता पाएको एक वर्ष पछि पनि पुल सञ्चालनमा आउन नसक्नु पश्चिम भागको सडक समस्या रहेको इन्जिनियर श्रेष्ठले बताए ।
    दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली पहिलो चरणको ठेक्का संझौतामा पुलको दुबै किनार फिलिङगर्ने, पुलको पश्चिम पट्टिको मोरङ खण्डमा करिब ५ मिटर सडक उचालेर निर्माण गर्नुपर्ने भएपनि अघिल्लो पटकको ठेक्का संझौतामा ती विषय छुटेको बताउँछन् । प्रमुख ओलीले ठेकेदार पक्षले पहिलो चरणको काम सम्पन्न गरिसकेको भएपनि पुलको दुबै भागमा पुर्ने र मोरङ खण्डमा सडक निर्माणको काम समेत बाँकी रहेकाले पुल तत्काल सञ्चालनमा समस्या रहेको बताए । प्रमुख ओलीले जिल्ला समन्वय समिति झापा र जिल्ला प्राविधिक शाखाका वीच बाँकी काम कसले गर्ने भन्ने विषयमा विवादहुदाँ बाँकी काम अगाड्ी बढन ढिला हुदाँ पुल सञ्चालनमा आउन नसकेको दावी गर्छन् ।
    उनका अनुसार तर लामो समयको दुई निकायको विवाद पछि हाल सो काम प्राविधिक शाखाले नै गर्ने गरिको अख्तियारी जिल्ला समन्वय समितिले दिईसकेकाले अब चाँडै काम अघि बढ्ने छ । उनले भने ,–‘यसै वर्षको बर्षा अघिनै पुल सञ्चालनमा आउने तयारी छ । ’
    यता मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सो पुल एकलौटी हिसाबले पूर्वी किनारामा निर्माण भएको बताउँछन् । फागोले भौगोलिक स्थितिको ख्यालनै नगरी पुल निर्माण भएकाले अहिले समस्या देखिएको बताए । उनले भने ,–‘ बर्षदिन अघि सम्पन्न भएको पुल यथासीघ्र सञ्चालनमा ल्याउन स्थानीय सरकार गंभीर छ ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…