• काठमाडौं । आफूलाई गोली हान्न आएको व्यक्तिसँग पेस्तोल खोसेका नेपाली कांग्रेसका नेता गणेश लामा पक्राउ परेका छन् । दुई जना अज्ञात व्यक्तिले लामामाथि गोली चलाएपछि लामाले पेस्तोल खोसेका थिए । लामाले पेस्तोल खोसेपछि उनिहरु फरार भए भने लामालाई प्रहरीले पक्राउ गरेको छ ।

    यसअघि विभिन्न आपराधिक गतिविधिमा मुछिँदै आएका लामालाई गौशाला प्रहरीले गौशालास्थित होटल पशुपति भिजनबाट बुधबार पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरेको हो।

    नेपाली कांग्रेसको तर्फबाट काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा चुनाव लडेका गणेश लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए।

    होटलमा गोली चलेपछि पुगेको प्रहरी टोलीले हतियारसहित बसेका लामालाई नियन्त्रणमा लिएको काठमाडौं परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताए । लामा भिजनमा रहेको जिम हलबाट कसरत गरेर फर्कँदै गर्दा पक्राउ परेका हुन् ।

    थप अनुसन्धानका लागि लामालाई आज काठमडौं प्रहरी परिसर पठाइएको गौशाला प्रहरीले जनाएको छ । परेका लामाले आफूलाई कसैले गोली हान्न आएको बेला उसको पेस्तोल खोसेको बयान प्रहरी समक्ष दिएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…