• काठमाडौं। विश्वकप छनोटअन्तर्गत पपुआ न्यूगिनीविरुद्धको पहिलो प्लेअफमा नेपालले शानदार जीत हासिल गरेको छ । नेपालले पपुआ न्यूगिनीलाई ६ विकेटले पराजित गरेको हो । नेपालले पपुआ न्यूगिनीले दिएको ११५ रनको लक्ष्य २३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

    नेपालको लागि दिपेन्द्र सिंह ऐरीले नटआउट अर्धशतकीय पारी खेले । उनले नटआउट ५० रन बनाए । आरिफ शेखले २६ र कप्तान ५० रन बनाए । यसअघि बलिङतर्फ पनि दिपेन्द्रले शानदार बलिङ गर्दै ४ विकेट लिएका थिए । सन्दिप लामिछानेले पनि ४ विकेट लिए । सोमपाल कामी र करण केसीले १–१ विकेट लिए । नेपालले अब आज भइरहेको नेदरल्याण्ड र हङकङबीचको खेलको विजेतासँग सातौं स्थानको लागि प्लेअफ खेल्नेछ ।

    आजको अर्को प्लेअफमा नेदरल्याण्डले जितेमा नेपालले आजै एकदिवसीय मान्यता पाउने निश्चित हुनेछ । यदि यो खेल हङकङले जितेमा भने नेपालले एकदिवसीय मान्यता पाउन हङकङलाई हराउनुपर्नेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…