• २०७४ चैत्र ०२ शुक्रवार

    काठमाडौं, २ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । उनले मन्त्रिपरिषदलाई आजै पूर्णता दिने तयारी गरिरहेको उच्च स्रोतले जनाएको छ ।

    फागुन ३ गते प्रधानमन्त्री भएका ओलीले सोही दिन एमालेका दुई नेतालाई मन्त्री नियुक्त गरेका थिए । १६ फागुनमा एमाले र माओवादी केन्द्रका दुई दुई मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् सात सदस्यीय बनाएका थिए ।

    यी हुन् मन्त्रीका आकांक्षी
    मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य भएसँगै एमाले र माओवादी केन्द्रमा मन्त्री हुनेको संख्या पनि दर्जनभन्दा बढी रहेको छ ।

    प्रदेश १ बाट एमाले सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराई, सांसद वसन्त नेम्वाङ, पोलिटब्युरो सदस्यसमेत रहेका सांसद भानुभक्त ढकाल मन्त्री हुने चर्चा प्रधानमन्त्री निवास बालुवाटरमा भइरहेको छ ।

    यसैगरी, प्रदेश २ बाट रघुवीर महासेठ, प्रदेश ३ बाट कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ, पार्वत गुरुङ, रामवीर मानन्धर, प्रदेश ४ बाट रवीन्द्र अधिकारी, प्रदेश ५ बाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा मन्त्री बन्ने चर्चा रहेको छ ।

    यसैगरी, कर्णाली प्रदेशबाट धनबहादुर बुढा, गोपालबहादुर बमको मन्त्री बन्ने सम्भावना रहेको छ । प्रदेश ७ बाट भीम रावल, प्रेम आले, नारदमुनि रानामध्ये एक जना मन्त्री हुने चर्चा छ ।

    यसैगरी, माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, बिना मगर, सुदन किराती, अमनलाल मोदी, देवेन्द्र पौडेल मन्त्री बन्ने चर्चा माओवादी केन्द्रको हेडक्वार्टरमा चलिरहेको छ ।

    यसैगरी, राजपा नेपालमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र फोरम नेपालबाट पार्टी अध्यक्षसमेत रहेका उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव मन्त्री बन्ने चर्चा छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …