• गाेपाल काफ्ले 

    पथरी भदौं २५ गते । 
    मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप २०७४ को साेमबारकाे खेलमा जि.बि.रबर फुटवल क्लव उर्लाबारी मंगलवारे बिजयी भएकाे छ । खेलमा धरान फुटवल क्लव सुनसरीलाई १ का बिरूद्घ ३ गाेल गर्दै जि.बि. रवर मंगलबारे बिजयी भएकाे हाे ।
    ३ जना नाईजेरियन खेलाडी र राष्टिय खेलाडी बिजय धिमाल, बिक्रम लिम्बूले लिएर मैदान उत्रिएकाे जि.बि. रवर मंगलबारेले खेलकाे ५ अाै मिनेटमा माटिनकाे गाेल मार्फत खाता खाेलेका थिए ।



    प्रकाश बुढाथाेकी, निराजन खड्का,तिर्थ बस्नेत,बिष्णु सुनुवार लगायतका राष्टिय खेलाडिले भरिएकाे धरान फुटवल क्लवले धेरै राम्रा अवसर पाए पनि गाेल गर्न बाट चुकेका थिए ।



    धरानका अबिनाश तुलाङ र बर्तमान तामाङले डिबक्स भित्रकाे फ्रि बल गाेल गर्न बाट चुकेका थिए । खेलकाे ६३ अाै मिनेटमा जि.बि.रवर मंगलबारेका मीन धिमालले सेन्टर बाट निकालेकाे पासमा अाशिस लिम्बुले वान भर्सेस वानमा गाेल गर्दै २ गाेलकाे अग्रता बनाए । मंगलबारेका सनम भुजेलले दाेस्राे हाफकाे ईन्जुरीमा १ गाेल गर्दै खेल १ का बिरूद्घ ३ गाेलकाे अग्रता बनाए ।


    खेलकाे ७१ मिनेटमा क्याप्टेन बिष्णु सुनुवारले रेड कार्ड पाएपछी १० खेलाडीमा समेटिएकाे धरानले खेलकाे ७९ अाै मिनेटमा तिर्थ बस्नेतले १ सान्तवना गाेल गरे । खेलमा धरानका प्रकाश बुढाथाेकी र निराजन खड्काले निकै राम्रा धेरै अवसर पाए पनि गाेल गर्न बाट चुके पछी खेल जि.बि. रवर मंगलबारेले जित्याे । अाजकाे खेलकाे मेन अफ द म्याच जि.बि. रवर मंगलबारेका मिक्चेन घिसिङ घाेषित भए । भाेलीकाे खेल राष्टिय जागृती क्लव सुनसरीका बिरुद्ध बिर्तामाेड युनाईटेड झापाका बिरूद्घ हुनेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…