• उर्लाबारी चैत २ गते । राजघाट आयुर्वेद औषधालय उर्लाबारी ९ ले एक दिने जडिबुटी सम्बन्धि गोष्टी सम्पन्न गरेको छ । शुक्रवार औषधालयमा आयुर्वेद ओखती सम्बन्धी जनचेतना जगाउने उदेश्यले आयोजना गरिएको गोष्टीको उद्घाटन प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका स्वास्थ्य संयोजक तोयानाथ घिमिरेले गरे । उनले गाउँघरमा औषधीका लागि जडिबुटी भएपनि अज्ञानताको आधारमा खेर गईरहेको बताए । उनले यस किसिमका तालिमले जडिबुटी पहिचान गर्न सहज हुनुका साथै आयुर्वेद औषधी सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने बताए । १० जनाको सहभागिता रहेको उक्त गोष्टीको सहजिकरण राजघाट आयुर्वेदका प्रमुख इन्द्र शाहले गरेका छन् । आयुर्वेद विभाग अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूबाट आम जनसमुदायका लागि आयुर्वेद चिकित्सा सेवा निशुल्क रूपमा प्रदान गरिंदै आएको शाहले बताए । आयुर्वेद चिकित्सा प्रति समुदायमा प्रभावकारिता र जनआस्था, जनविश्वास बढ्दै गएको उनको भनाई छ । गोष्टीको सहजिकरण गर्दै उनले भने, गाउँघरमा रहेका जडिबुटीलाई आयुर्वेद औषधीका रुपमा प्रयोग गर्न सकिन्छ, तर औषधीय गुणको पहिचान गर्न नसक्दा बिष बन्ने खतरा पनि हुन सक्छ । तालिममा सहभागी रुद्र सुब्बाले तालिम उपलब्धि मुलक भएको बताएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…