• उर्लाबारी । सामाजिक काम मार्फत आफ्नो गाउँलाई समृद्ध बनाउने अभियानमा लाग्नु भएका उर्लाबारी ९ खोपिडाँडा निवासी युवा व्यवसायी सुन्दर श्रेष्ठले एकल लगानीमा बाटो निर्माण गरि स्पेशल ग्राभेल गरिदिनुभएको छ ।
    सामाजिक तथा विकास निर्माणका काममा क्रियाशिल श्रेष्ठले आवतजावतमा सहजता होस भनेर बाटो निर्माण पछि ग्राभेल गरिदिनुभएको हो । यस अघि त्यहा कोहि बिरामी हुँदा बोकेर बाटो सम्म लानु पर्ने बाध्यता थियो । अहिले आगनै अगाडी बाटो पुगेको छ ।
    सुन्दरको सामाजिक कामको कारण गाउँको स्वरुप नै फेरिदै गएको छ । उहाँको उक्त कामको स्थानीयले खुलेरै प्रशंषा गर्छन । सुन्दर भाईले गाउँको विकासमा धेरै काम गरिरहनुभएको छ, आजभोली उर्लाबारी ९ मा स्थानीयको मुखमा यस्तै कुराहरु झुण्डिएको पाईन्छ । कहिले स्कुलमा सहयोग त कैले सडक बत्तिमा उर्लाबारी ९ का वडा अध्यक्ष बम फ्याक भन्नुहुन्छ, खेलकुद तथा दुख बिराममा परेकालाई पनि भाईले धैरै सहयोग गर्नुभएको छ । उहाँको कामले छिमेकी तथा एउटै वडाको हुनुमा खुशी लाग्छ ।
    सुन्दरले हिजो आफुले भोग्नु परेका समस्याहरु सम्झिदै सामाजिक काममा लागेको बताउनुहुन्छ । निकै दुख कष्ट र संघर्ष गर्दै यो स्थानमा आईपुगेको हुँ,सुन्दर भन्नुहुन्छ, गाउँघरको विकास नै मेरो मन रमाउछ । सुन्दरले निर्माण गरिदिनुभएको बाटोमा बिजुलीको पोल गाडीसकिएको छ । तार जडान भएपछि त्यहा बत्ति जडान गरि झलमल्ल बनाईदिने सुन्दरले बताउनुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…