• रबिन्द्र बराल

    रंगेली । माेरङकाे रंगेली नगरपालिका ७ मा अवस्थित मिनिल्यान्ड बाेडिङ स्कुल ले यस भेगकै नमुना बिधालय काे रुपमा प्रस्तुत हुदै पहिलाे पटक बिधार्थिहरुकाे सामुहिक प्रस्तुतिमा बिज्ञान प्रदर्शनी गरेको छ । बिधार्थि हरुले गाउँ घरमा प्रचलित मा अाएकाे सामाग्री हरु बनाएका थिए । उनी हरुले बाँसकाे प्रयाेग गरेर गाेरु गाडा, दराज,घर माटाेका विभिन्न जनावर,कागज बाट फुल, राेवट,पानी तान्ने माेटर,ट्रान्सफरमर,साेलर सिस्टम लगायत बनाएर प्रदर्शनी मा राखेका थिए । उक्त प्रदर्शनी मा मुख्य अाकर्शन रंगेली मा बन्न लागेकाे स्माटसिटि काे नक्सा समेत बनाएर प्रदर्शनी गरेका थिए । साे कार्यक्रममा काे उद्घाटन रंगेली नगरपालिका का मेेेयर दिलिप बगडिया ले रिवन काटेर साे प्रदर्शनी काे उद्घाटन गर्नु भएको थियोे ।



    उक्त कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक भाैतिक तथा बिकास मन्त्री जीवन घिमिरे ले समेत उक्त प्रदर्शनी अवलाेकन गरेका थिए । कार्यक्रममा बडा अध्यक्ष रामचन्द्र मंन्डल,इलाका प्रहरी कार्यलयका प्रमुख संन्जिव बाबू खड्का ,ससस्त्र प्रहरी बिअाेपिका प्रमुख बिष्णु हरि घिमिरे माेरङ प्यापसनका अध्यक्ष सुनिल पाैडेल, माेरङ प्यापसनका क्षेत्र नम्बर ९ का अध्यक्ष माेती ढकाल , अविभावक,शिक्षक, हरुकाे समेत उपस्थितमा कार्यक्रम भएको थियोे । साे बिधामा प्रदर्शनी देखेर मेयरले भने स सान बालबालिका हरुले अाफ्नाे गाउँ घरमा देखा पर्ने सामाग्री हरु बनाएर देखाउदा अाफु लाई निकै राम्रो लागेकाे र अबका दिन हरुमा अझै राम्रो कला प्रस्तुति देखाउने छन भन्ने बिष्वास रहेको समेत बताए । बिधालय का प्रिन्सिपल बिकर्ण कार्की ले भने यस क्षेत्रका बिधालय मध्ये अहिले सम्म कसैले पनि बिधामा प्रदर्शनी नगरेकाे र पहिलोपटक नै यस मिनिल्यान्ड बाेडिङ स्कुलले गरेको दावी समेत गरे । अबका दिन हरुमा अझै विभिन्न प्रकारका क्रियाकलाप हरु समेत गरिदै जाने समेत कार्की बताए ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…