• सरोज बस्नेत
    उर्लाबारीःबुधबार साँझ ७ः२५ बजेतिर केही युवाहरुले केटी जिस्काएको भन्दै उर्लाबारी–४ किसान चौकबाट इलाका प्रहरी कार्यालय उर्लाबारीमा फोनमार्फत जानकारी आयो । जानकारी पाउन साथ तत्काल प्रहरी टोली त्यसतर्फ लाग्यो । प्रहरी घटना स्थल नजिकै पुग्नासाथ एक किशोरी रुँदै आइन् । त्यसपछि प्रहरी घटना स्थलतर्फ गयो । तत्काल प्रहरी टोली त्यहाँ पुग्दा अर्की युवती नग्न अवस्थामा थिइन् । उनलाई त्यहाँ चार युवाहरुले सामुहिक बलात्कार गरेर भागेको घटनाको रहस्य खुल्यो । ती युवाहरुले अप्राकृतिक यौन सम्पर्कसमेत गराएको ती किशोरीले बताइन् । त्यसपछि प्रहरीले ती किशोरीको उद्दार गर्दै युवाहरुको खोजीमा लाग्यो । ती किशोरीको भनाई अनुसार प्रहरीले खोजी गर्ने क्रममा घटना स्थल नजिकै को १ त ६८६८ नम्बरको ट्याक्टर फेला पार्यो । ती युवाहरु सोही ट्याक्टरमा काम गर्ने गरेको प्रहरीलाई जानकारी प्राप्त भयो । त्यसपछि प्रहरी टोली ती युवाहरुको खोजीमा तैनाथ भए । विभिन्न स्थानबाट राति २ बजेभित्र बलात्कारका अभियुक्त चारै जनालाई पक्राउ गर्न प्रहरी सफल बन्यो । प्रहरीले सोही ट्याक्टरमा काम गर्ने उर्लाबारी–४ का ३७ बर्षीय दिलिप माझी, २६ बर्षीय बुद्ध शिवा, २१ बर्षीय अर्जुन परियार र २६ बर्षीय केबल सुन्दासलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक चन्द्रबहादुर थापाको नेतृत्व टोलीले उनीहरुलाई मध्यरातमै पक्राउ गर्न सफल भएको हो ।
    घटना के थियो ?
    लेटाङ नगरपालिका घर भई झापाको दमकस्थित आफन्तको घरमा दुई जना किशोरी पाहुना आएका थिए । ती किशोरी दुबै जना १५ बर्षका थिए । दमक आएको बेला ती किशोरीहरुले फिल्म हेर्ने योजना बनाए । र, बुधबार दुई जना केटा साथीहरुसँग फिल्म हेर्न हल पुगे । फिल्म हल पुग्दा फिल्म सुरु भइसकेको थियो । त्यसपछि उनीहरु कतै घुम्न जाने भए । त्यसपछि उनीहरु पुगे उर्लाबारी–२ स्थित बेतिनी सीमसार । उनीहरु सीमसार घुमिसकेपछि खाजा खान सोही सीमसारभित्र रहेको ‘बाङ्गे’ बजार पुगे । त्यहाँ सँुगुरको मासुसहित चारै जनाले तोङ्बा खाए । उनीहरु चारैजना मातेका थिए । साँझ परेपछि उनीहरु चारै जना घरतर्फ जाने जाने तरखर गरे । त्यसपछि सीमसारको सहायक गेट हुँदै किसान चौकतर्फ जाँदै गर्दा एउटा ट्याक्टर आयो । उनीहरुले हात हलाउँदै रोके । त्यसपछि ट्याक्टर रोकियो । उनीहरु चारै जना ट्याक्टरमा चढे ।
    ट्याक्टरको रुट खोर्सानीबारी हुँदै उर्लाबारी निस्कने थियो । तर, ती ट्याक्टरका कामदारहरुले प्रहरीले चेक गर्छ भन्दै पुनः बक्राहा खोलाको बाटोमा ट्याक्टर मोडे । त्यसपछि ती किशोरीहरु त्यहाँ उत्रिन खोज्दा अर्को बाटो पुर्याइदिने भन्दै निरन्तर ट्याक्टर खोला क्षेत्रतर्फ अघि बढाइयो । ती ट्याक्टरका चालकसहित सबैले मादक पदार्थ सेवन गरेका थिए । खोला क्षेत्र प्रवेशसँगै ती किशोरीहरुलाई उनीहरुले जिस्काउने र हात हाल्ने कार्य गरे । त्यसपछि ट्याक्टर रोकियो । ती किशोरीहरुसँग रहेका दुई जना केटाहरुलाई पनि उनीहरुले कुटपिट गरे । त्यसपछि दुई जना केटा भाग्न सफल भए । चार जना केटाहरुले दुबै केटीहरुलाई नग्न अवस्थामा पुर्याए । तर, एक जना किशोरीले खोलामा रहेको बालुवा केटाहरुलाई प्रहार गर्दै भाग्न सफल भइन् । र, उनले सँगै आएका केटाहरुसँगै स्थानीयबासीसँग हारगुहार मागिन् । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरिदिएका थिए । त्यसपछि प्रहरी तत्काल घटना स्थलमा आइपुगेको थियो ।
    जवरजस्ती करणी मुद्दा
    प्रहरीले पक्राउ गरेका चारै जनालाई बिहीबार जिल्ला अदालत मोरङमा म्याद थप गरी जवरजस्ती करणीमा मुद्दा चलाएको छ । उनीहरु चारै जनाले पालैपिलो बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेका थिए । उनीहरुलाई जवरजस्ती करणीको मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । किशोरीको स्वास्थ्य परीक्षणका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…