• झापा । बुद्ध माध्यमिक विद्यालय इलामको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बुद्ध तामाङ पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
    शुक्रवार विद्यालयमा सम्पन्न अभिभावक भेलाले तामाङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
    सूर्याेदय नगरपालिका वडा नम्बर १४ मा रहेको यो विद्यालय २०४१ सालमा स्थापना भएको हो । तामाङ उक्त विद्यालयका संस्थापक विद्यार्थी हुन् । तामाङ खेलकुद पत्रकार मञ्च झापाका कोषाध्यक्ष तथा युवा व्यवसायी हुन् । झापामा रहेर पत्रकारिता गर्दै आएका तामाङ विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील छन् ।


    समितिको सदस्यहरुमा अभिभावकबाट लालबहादुर सुवेदी, माङ्मा तामाङ, मनमाया तामाङ निर्वाचित भएका छन् । यसैगरी, नगरपालिकाबाट मनोनित पदम तामाङ, वडा कार्यालयबाट मनोनित त्रिलोचन पोखरेल, शिक्षक प्रतिनिधि टिकाराम पौडेल र सदस्यसचिवमा प्रधानाध्यापक गणेशप्रसाद पौडेल चयन भएका छन् ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…