• देबु बानियाँ
    झापा । लामो समय हात्तीबाट प्रताडित बनेको झापा मेचीनगरको बाहुनडाँगीमा फेरी चितुवाले आतंक मचाउन थालेको छ । ३ वर्षअघि भएको सोलार फेन्सिङको निर्माणसँगै हात्तीको वितण्डाबाट मुक्ति पाएका यहाँका बासिन्दालाई यतिबेला चितुवाले हैरान नै लाउन थालेको छ । मेचीनगर–४ आलडाँगी क्षेत्रमा चितुवाले स्थानीयको पशु÷चौपाय भकाभक मार्न थालेपछि सिङ्गो गाउँका बासिन्दा त्रसित भएका छन् ।
    नजिकैको बगानमा लुकेर बसेको चितुवाले बेलुकीको समयमा गाउँ छिर्न थालेपछि स्थानीयलाई पशु÷चौपाय जोगाउन समस्या भएको छ । चितुवा गाउँ नजिकै लुकेर बसेपछि उनीहरुमा त्रास त छ नै अझ आफ्नो जीउज्यान कसरी जोगाउने भन्ने चिन्ता पनि थपिएको छ ।
    ‘अहिले त पशु मात्र मारिरहेको छ,’ स्थानीय जीवन मोतेले भन्नुभयो ‘हामीमाथि नै आव्रmमण गर्यो भने के हुन्छ भन्न सकिदैन ।’
    आमडाँगी क्षेत्रमा सो चितुवा तीन दिनअघि देखापरेको स्थानीय बताउँछन् । पन्ध्र दिनअघि एक स्थानीयको बाख्रा सो चितुवाले मारेको थियो । त्यसपछि एकाएक हराएको चितुवाले फेरि गाउँ छिरेर दुःख दिएको मेचीनगर–४ का वडाध्यक्ष नविन बरालले बताउनु भयो ।
    उहाँले चितुवाले यसरी दुःख दिएको घटना यसअघि कहिले नसुनेको बताउनु भयो । ‘आलडाँगी क्षेत्रमा चितुवाले दुःख दिएको सुनिएको थिएन,’ उहाँले भन्नु भयो ‘तर यो चितुवा कहाँबाट आएको हो भन्नै सकिएन ।’चितुवाले आमडाँगी क्षेत्रका स्थानीयको अहिलेसम्म आठवटा बाख्रा र एउटा गाई मारिसकेको छ । रातिको समयमा गाउँ छिरेर खोरमा बाँधेको बाख्राको घाँटी चितोरेर मार्ने गरेको वडाध्यक्ष बरालले बताउनु भयो ।
    चितुवाले अति दुःख दिन थालेपछि वडा कार्यालयको पहलमा बुधवार ट्रयाक (चितुवा समात्ने पासो) थापिएको छ । चितुवा लुकेर बसेको गाउँ नजिकैको बगान÷झोडीमा पासो थापिएको हो । तर पनि अहिलेसम्म चितुवालाई पासोमा पार्न सकिएको छैन ।
    वडाध्यक्ष बरालले जिल्ला वन कार्यालयसँग समन्वय गरी जामुनखाडी बनबाट ट्रयाक मगाएर राखिएको बताउनु भयो । ‘चितुवाले साह्रै दुःख दियो,’ उहाँले भन्नुभयोे, ‘समात्न पासो थापिएको छ, भएन भने मार्नैपर्छ होला ।’ पासो थापिएकै रात चितुवाले एक स्थानीयको बाख्रो समेत मारिदिएको बरालले बताउनु भयो ।
    चितुवा जुनसुकै बेला पनि गाउँ छिरेर आव्रmमण गर्न सक्छ भन्ने डरले स्थानीय राम्ररी सुत्न पनि सकेका छैनन् । ‘पहिले–पहिले हात्तीको डर हुन्थ्यो,’ स्थानीय हरि उप्रेती भन्नुहुन्छ ‘तर अहिले चितुवाबाट डराउनु पर्ने अवस्था आयो ।’ उनले स्कुल गएका बालबच्चा घर फर्केर नआउञ्जेलसम्म मनमा डर रहिरहने बताउनु भयो ।
    स्थानीय नजिकैको चिया बगानमा काम पनि गर्दै आएका छन् । मानिसमाथि चितुवाले आव्रmमण नगर्ला भन्न सकिने अवस्था छैन । स्थानीय भीमबहादुर कार्कीले काम गर्नका लागि बगान जानुपर्ने भएकाले कुन बेला चितुवाले मार्ने हो भन्ने चिन्ता थपिएको बताउनु भयो ।
    चितुवाका कारण गाउँ नै त्रसित भएपनि सरकारी निकाय भने खासै गम्भीर देखिएको छैन । जिल्ला वन कार्यालय झापाले चितुवा समात्न प्रयत्न गरिरहेको बताएको छ ।

    जिल्ला बन अधिकृत बोधराज सुवेदीले चितुवाले दुःख दिएको खबर आएपछि त्यसलाई समात्न पासो थापिएको बताउनु भयो ‘वडा कार्यालयसँगको पहलमा हामीले पासो थापेका छौँ, हेरौँ एकदुई दिनभित्रमा चितुवा पासोमा पर्ला नि ।’
    उहाँले चितुवाले साह्रै दुःख दिन थाल्यो भने प्रमुख जिल्ला अधिकारीको निर्देशनमा मारिने बताउनु भयो । वन्यजन्तु संरक्षण ऐन अन्तर्गत चितुवा मार्न पाइदैन । तर, साह्रै दुःख दिएको खण्डमामात्र मार्न पाइने भएकाले केही समय पर्खिने उहाँले बताउनु भयो ।
    चितुवाले गाउँ नै आतङ्कित पारिरहेकाले बेला सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनले घटनालाई सामान्य लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टङ्क भट्टराईले चितुवाको विषयमा जिल्ला वन कार्यालयलाई जानकारी गराएको बताउनु भयो ।
    ‘हामीसँग चितुवा समात्ने टेक्निकल टीम हुँदैन,’ उहाँले भन्नु भयो ‘त्यही भएर जिल्ला वनलाई खबर दिएका हौँ, केही भइहाल्यो भने हामी त्यहाँ जान्छौँ ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…