•  

     

     

     

     

     

     

     

     

    झापा । प्रथम झापाली सगरमाथा आरोही अनिस लुइँटेलले फेरि सगरमाथा आरोहण गर्ने भएका छन् ।
    आगामी वर्ष अमेरिकामा हुन लागेको ‘२४ औँ वल्र्ड स्काउट जेम्बोरी’को लोगो सर्वोच्च शिखर सगरमाथामा पुर्याउन आरोहणमा जान लागेको उनले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
    यही चैत्र २५ गते शिखरमा पुग्ने लक्ष्यका साथ यसपटक चीनतिरको बाटोबाट सगरमाथा आरोहण गर्ने उनले बताए ।
    मेचीनगर–९ का २४ वर्षीय अनिसले नेपालको नयाँ संविधान बोकेर २०७३ जेठ ८ गते पहिलोपल्ट नेपालतिरको बाटो भएर सगरमाथाको चुचुरो सफलतापूर्वक आरोहण गरेका थिए ।
    यसअघिको उनको आरोहणका लागि विभिन्न दाता तथा संस्थाहरुबाट सहयोग एवम् ऋण लिनु परेको थियो । सहारा नेपाल साकोसबाट १० लाख रुपैयाँ लगायतको ऋण अझसम्म चुक्ता हुन सकेको छैन ।
    यसपटकको आरोहणको खर्चका लागि अमेरिकाको स्काउटले व्ययभार व्यहोर्ने जानकारी दिदै उनले नगरपालिका लगायतका स्थानीय संस्थाहरुबाट समेत सद्भावपूर्वक सहयोग प्राप्त हुने अपेक्षा गरेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…