•  २०७४ चैत्र ०३ शनिवार

    विराटनगर : मोरङको ग्रामथान गाउँपालिका-२ वतराईटोलमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा परी १३ घर खरानी भएका छन् । आगलागीबाट आठ परिवारका १३ घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।घटनामा ५२ लाखभन्दा बढीको क्षति भएपनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालका अनुसारस्थानीय नेपोल सरदारको घरमा खाना पकाउने क्रममा शुक्रबार दिउँसो ४ बजे ग्यास सिलिन्डर विस्फोट भएर आगो आगलागी सुरु भएको थियो ।आगो राति अबेर मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

    सिलिन्डर पड्किएर आगो लाग्न सुरु भएसंगै नेपोलका छिमेकीको घरमा पनि आगोले भेटेको थियो । आगोले उनको एक तले फुसको छानो भएको तीनवटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । छिमेकीहरु गोपाल सरदार र महाविर सरदारको घर पनि जलेको छ ।

    खनिलाल सरदारको दुईवटा, सन्तोषीया सरदारको दुईवटा, ननुलाल सरदारको तीनवटा, रामप्रसाद सरदारको दुईवटा घर आगोले जलेर पूर्णरुपमा नष्ट भएको प्र निरीक्षक कटवालले बताए ।मुनी सरदारको घरमा संचालन गरिएको किराना पसलसमेत जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

    स्थानीय महाविर सरदारले अचानक विस्फोटको ठूलो आवाज आएसंगै सल्किएको आगोले वस्ती नै खरानी बनाइदिएको बताए ।

    हावा चलिरहेका कारण आगो नियन्त्रणमा कठिनाई हुँदा आठ परिवारको १३ घर पूर्ण रुपमा जलेर खरानी भएपछि मात्रै आगो नियन्त्रणमा आएको सरदारले जानकारी दिए ।

    आगोबाट घरमा रहेका खाद्यान्न, कागजपत्र, अन्नपात, लत्ताकपडा, नगद र गरगहना केही पनि बचाउन नसकिएको गुनासो गरे ।आगलागीबाट घरबार बिहीन भएकाहरु चौरमा त्रिपाल टाँगेर बसिरहेको प्रहरीले जानकारी दिएको छ ।

    आगो नियन्त्रणका लागि पाँचवटा दमकल, नेपाल र सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा खटिएका थिए ।

    तर घरहरु जलेर पूर्ण रुपमा नष्ट भएपछि मात्रै आगो नियन्त्रणमा आएको थियो । आगोले जलेर स्थानीयले पालेका सुँगुर र खसी लगायत १४ चौपाय मरेका छन् ।

    आगलागी पीडितलाई रेडक्रस, सुन्दहरैंचा नगरपालिका र ग्रामथान गाउँपालिकाले राहत स्वरुप खाद्यान्न, लत्तापकडा, त्रिपाल र कम्बल वितरण गरेका छन् ।

    त्यस्तै मोरङकै सुनवर्सी नगरपालिका–९ डाईनिया बजारस्थित वृजलाल साहको सुनचाँदी पसलमा आगलागी भएको छ ।

    शुक्रबार राति ८ बजेतिर ग्यास सिलिडर लिक भई अचानक लागेको आगोले नगद ५० हजार, तीन तोला सुनको गहना र ३० तोला चाँदीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार आगलागीमा परेर चार लाख ४५ हजार मूल्य बराबरको क्षति भएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…