• झापा । पारिजात पब्लिक स्कूल मेचीनगर–९ खुट्टिडाँगीको १७ आँै खेलकुद दिवस विविध कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ ।
    खेलकुद दिवसको अवसर पारेर गत फागनु ३ देखि ११ गतेसम सञ्चालन भएका विभिन्न वार्षिक खेलकुद प्रतियोगिताका वजेता खेलाडीहरुलाई सम्मानका साथै पुरस्कृत गरिएको थियो ।
    विद्यार्थीहरुले अन्तर सदन फुटबल, भलिबल, टेबल टेनिस, व्याटमिन्टनलगायत एथ्लेटिक्सका विभिन्न विधामा आफनो क्षमता देखाएका थिए ।
    सोही अवसरमा वर्षभरी उत्कृष्ट पढाइ, अतिरिक्त क्रियाकलाप, खेलकुद, अनुशासन, सरसफाइ, हाजिरि जबाफ, मोनिटर आदिमा उत्कृष्ट हुने पूर्व ३ तहका विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
    वर्ष उत्कृष्ट शिक्षक पर्वत उप्रेती र वर्ष उत्कृष्ट कर्मचारीमा अभिराज गौतमलाई सम्मान गलाई वर्ष उत्कृष्ट शिक्षक र अभिराज गौतमालाई वर्ष उत्कृष्ट कर्मचारीरुमा सम्मान गरिएको थियो ।
    सोही अवसरमा अवसरमा चैत ८ गते बाट शुरु हुने एसइइ परीक्षामा सहभागि हुने विद्यार्थीहरुलाई समेत विदाई गरिएको थियो । कक्षा ९ का विद्यार्थीहरुले मनोरन्जात्मक कार्यक्रमकाबीच उनीहरुलाई विदाई गरिएको थियो । विद्यालयका प्रिन्सिपल विनोद श्रेष्ठ तथा शिक्षक परिवारले उनीहरुलाई खदा, अविर र मायाको चिनो प्रदान गर्दै परीक्षाको सफलताको कामनासहित विदाई गरिएको थियो ।
    विदाई गरिएका विद्यार्थीकोतर्फबाट बन्धना चापागाई, मोनिका खुलाल र सन्दिप डुन्गानाले शुभकामना राखेका थिए । कक्षा ९ ले साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
    विद्यालयका प्रिन्सिपल विनोद श्रेष्ठको सभापतित्वमा सम्पन कार्यक्रमको सञ्चालन शिक्षिका निलम कट्टेलले गरेकी थिइन् ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…