• उनलाई भोट गर्न MNG<space>18 typeगरी 33001 पठाउनु पर्ने हुन्छ ।

    शान्ति लामा पाख्रिन, मोरङ जिल्लामा परिचित नाम हो । राजनीतिक होस् वा सामाजिक तरिकाले उनको नाम अग्रपंक्तिमै आउँछ । लेटाङ नगरपालिकाकी स्थायी बासीन्दा उनी लेटाङ लायन्सको संस्थापक अध्यक्ष हुन् भने लेटाङ जेसीजको अध्यक्षलगायत दर्जन बढी संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन् । लेटाङ क्षेत्रमा उनी आबद्ध नभएको संस्था कमैमात्र होलान् । मिलनसार स्वभावकी उनी स्पष्ट र प्रभावशाली महिलाको रुपमा पनि लिने गरिएको छ । नेकपा एमालेकी महिला नेतृका रुपमा परिचित उनी पार्टीको विभिन्न पदमा रही काम गरिसकेकी छिन् । राजनीतिक र सामाजिक गतिबिधिमा मात्र होइन खेल जगतमा पनि उनी अग्रपंक्तिमै आउँछिन् । उनी पूर्वाञ्चल खेलकुद समितिकी सदस्य हुन् । पूर्वाञ्चलको खेलकुद क्षेत्रको विकासमा पनि उनको लगाब देखिन्छ । उनको यतिकैमा परिचय भने सकिँदैन । उनी बहुप्रतिभाकी धनी नै मान्दा पनि हुन्छ । उनलाई पत्रकारिताको पनि राम्रो अनुभव छ । उनले पूर्वको ब्लाष्ट टाइम्सलगायतमा काम गरिसकेकी छन् भने आरजे र भिजेको अनुभव पनि छ । उनी विवाह हुनु पूर्व एक मोडल पनि हुन् । उनी मोडलिङमा पनि उत्तिकै रुचि राख्थिन् । ‘को बन्छ कलाकार’ को टप १० सम्म पुगेकी उनले कलाकार विक्रमश्रीसँग प्रशिक्षणसमेत लिएकी छन् । उनी एक शिक्षिका पनि हुन् । यतिधेरै प्रतिभा र क्षमता भएकी लामा यतिबेला ‘मिसेज नेपाल ग्लाम’ को प्रतिष्पर्धामा छिन् । उनी यो उपाधि जित्दै आफूलाई अब्बल महिलाको रुपमा प्रस्तुत गर्न चाहन्छिन् । समाजको जनचासोका बिषयमा वकालत गर्दै सामाजिक गतिबिधिमा सक्रिय हुनु उनको दैनिक थियो । तर, अहिले उनी यतिबेला फरक अनुभूति गरिरहेकी छिन् । उनको दैनिकी यतिबेला फेरिएको छ । उनी शारारिक फिटनेश, जुम्वा, एरोविक्स,र्याफ्टीङ, सेल्फ मेकअप, फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धि पनि प्रशिक्षणमा ब्यस्त छिन् । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुका साथ आयोजित यो प्रतियोगिताले व्यक्तित्व विकास साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुका साथै सही मार्ग निर्देशनको भूमिका खेल्न सक्ने उनको अनुभव छ । चैत्र २० गते काठमाडौंमा हुने उक्त प्रतियोगिताको उपाधि जित्नका लागि उनलाई यतिबेला भोटको आवश्यक परेको छ । ३८ जना महिलामध्ये भोटको आधारमा टप १० छनौट गरिने भएकाले उनलाई धेरै भोटको खाँचो छ । उनले आफूलाई भोटिङ गरी उक्त प्रतियोगितामा विजयी गराउन पनि सबैलाई अपिल गरेकी छन् । उनलाई भोट गर्न MNG<space>18 typeगरी 33001 पठाउनु पर्ने हुन्छ । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल ग्लाममा उनीसहित अहिले ३८ जना प्रशिक्षणमा छन् ।









सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…