•  

    रातोकलम अनलाइन
    मलेसिया,सम्बादाता
    मार्च -१७

    वैदेशिक रोजगारीको सिलसिलामा १२ महिना अघि मलेसिया आइपुगेका सुनसरी जिल्ला भरौल गाबिस वडा नम्बर-३ का सन्तोष राईले आज बिहान् आफ्नै कोठाको फ्यानमा पासो लगाइ आत्महत्या गरेका छन ।

    मलेसियाको जोहोर बारु स्थित सेनाइ मोर्नी ए.एस.जे इलेक्ट्रोनिक कम्पनीमा कार्यरत राई हिजो काम बाट फर्किएर पछी बिहान साथीहरू काममा गए पश्चात् थुप्रै कुराहरु सुसाइड नोटमा लेखेर आत्महत्या गरेका हुन। देहान्त भइ सकेकी आफ्नी आमा लाई र भारतिय सेनामा रहेका आफ्ना बाबा लाई आफन्त जन लाई र मलेसिया मै रहेका फुपु का छोरा लाई सम्बोधन गरेर धेरै सम्झिएको कुरा नोटमा लेखिएको जानकारी सोही कम्पनीमै मार्यरत मृतका सहकर्मी दिलिप माझिले टेलीफोन सम्पर्कमा बताएका छन। उक्त नोटमा आफ्नो सब जहाँ मेरि आमा लाई दहन गरिएको थियो त्यही दहन गर्दिनु भनेर पनि लेखिएको थियो।

    घट्ना भए लगत्तै केही समयमा होस्टल का इन्चार्ज र सुरक्षागार्ड ले प्रहरी लाई खबर गरेका थिए। प्रहरी आएर सब को सनाखत गरेपछी मृतक को सब लाई पोस्टमार्टम को लागि कुलाइ हस्पिटलमा राखिएको छ।कम्पनीमा काम गर्दा दिलिप लाई दाइ मेरो त प्रेमिका छ उस्लाइ धेरै माया गर्छु भनेर कहिलेकाही भन्ने गरेका थिए भनेर दिलिपले भने। सुसाइड नोटनमै रोसनी म यो जन्म मा तिम्रो बन्न सकिन क्षमा गर है भन्ने पनि लेखाका रहे छन।

    घट्नाको प्रकृति र सुसाइड नोट हेर्दा आत्महत्याको मुख्य कारण प्रेम बियोगनै हुन सक्छ भनेर कम्पनीका एक प्रतिनिधिले भने तर राइले आत्महत्या गर्नुको यथार्थ कारण भने खुलेको छैन। कम्पनी स्रोतका अनुसार सब लाई फिर्ता पठाउन सब बुझ्ने सम्बन्धित ब्यक्तिको नाता प्रमाणिकरण पत्र आएपछी दूतावास सङको परामर्शमा सब लाई नेपाल पठाइने बताएका छन।
    सन्तोष राइ

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…