• काँकरभिट्टा। काँकरभिट्टा माविको खेल मैदानमा जारी नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिता अन्र्तगत शनिबार भएको खेलबाट विर्तामोड भेट्रान फुटबल क्लव फाइनल प्रवेश र आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लव सेमीफाइनल गरेको छ ।
    काँकरभिट्टा भेट्रान फुटबल क्लवको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार भएको पहिलो सेमिफाइनल खेलमा धाइजन–चारआली भेट्रान फुटबल क्लवलाई २–१ गोल अन्तरले हराउँदै विर्तामोड भेट्रानले फाइनलको यात्रा तय गरेको हो ।
    खेलको पहिलो हाफको ११ औं मिनेटमा विर्तामोड भेट्रानका सुवास अक्ताबले पहिलो गोल गर्दै अग्रता लिएका थिए । त्यसको ९ मिनेट वित्न नपाउँदै धाइजन–चारआली भेट्रानका सञ्जय थापाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
    खेलको दोस्रो हाफको २६ औं मिनेटमा विर्तामोड भेट्रानका नगेन्द्रमणि लिम्बुले गोल गर्दै आफ्नो टिमको विजय पक्का गरेका थिए ।
    खेलको म्यान अफ द म्याच विर्तामोड भेट्रानका नगेन्द्रमणि लिम्बू घोषित भए । उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख टंकप्रसाद भट्टराई र झापा फुटबल संघका पूर्व अध्यक्ष बालाजित राईले नगद २१ सय रुपैयाँ, ट्रफि र डमी चेक हस्तान्तरण गरेका थिए ।
    शनिवार नै सम्पन्न खेलमा अन्तिम क्वाटरफाइनल खेलमा दार्जेलिङ युनाइटेड भेट्रान फुटबल क्लव भारतलाई ३–० गोलले पराजित गर्दै काँकरभिट्टा भेट्रान सेमीफाइनल प्रवेश गरेको छ ।
    खेलको पहिलो हाफको १९ औं मिनेटमा विजेता टिम काँकरभिट्टा भेट्रानका राकेश श्रेष्ठले पहिलो गोल गर्दै अग्रता लिएका थिए भने २८ र २९ औं मिनेटमा उक्त टिमका रमेशकुमार बस्नेतले २ गोल गरी आफ्नो टिमको विजय सुनिश्चित गरेका थिए ।
    खेलको म्यान अफ दी म्याच घोषित काँकरभिट्टा भेट्रानका राकेश श्रेष्ठलाई नेपाल बहुउद्धेश्सीय सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती र कराँतेका अन्र्तराष्ट्रिय रेफ्रि राजु महर्जनले २१ सय रुपैयाँ, ट्रफि र डमी चेक प्रदान गरेका थिए ।
    आइतबार हुने अन्तिम सेमिफाइनल खेलमा आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लव र सुरुङ्गा भेट्रान फुटबल क्लवबीच प्रतिष्पर्धा हुने आयोजक क्लबका अध्यक्ष गंगालाल गुरुङले बताए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…