• फिक्कल । इलामको करफोकमा सञ्चालित प्रथम सूर्योदय मेयरकप फुटबल प्रतियोगिताको उपाधि मेचीनगरले जितेको छ ।
    शनिवार सम्पन्न फाइनल खेलमा आयोजक सूर्योदय नगरपालिकालाई टाइबे्रकरमा ३–१ को गोल अन्तरले हराउँदै मेचीनगरले प्रतियोगिताको उपाधिमाथि कब्जा गरेको हो ।
    जितसँगै मेचीनगरले नगद १ लाख र ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको सूर्याेदयले नगद ७५ हजार प्राप्त गरेको थियो ।
    जितका लागि विशाल लिम्बू, एञ्जल गुरुङ, पुजन उपरकोटीले गोल गरे । मुन्ना सुब्बाको गोलमा विपक्षी गोलरक्षक बाधक बने । सूर्याेदयका खेलाडीले हानेको २ वटा प्रहार बाहिर गएको थियो भने एउटा प्रहारा मेचीनगरका गोलरक्षक मनोज प्रधानले बचाएका मेचीनगर टिमका कोच मिन बस्नेतले बताए ।
    निर्धारित समयमा ३–३ को बराबरी भइ पछि निर्णयका लागि खेल टाइबे्रकरमा धकेलिएको थियो ।
    प्रतियोगिताको उत्कृष्ट खेलाडी मेचीनगरका दिवस उराउ भए ।
    प्रतियोगितामा मेची अञ्चलका ११ वटा टिमको सहभागिता रहेको थियो । फाइनल खेल प्रतियोगितामा मेचीनगरकी उपमेयर मीना उप्रेतीको नेतृत्वमा टिम सहभागि भएको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…