• देबु बानियाँ
    झापा । नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष महेशराज दाहालले कनकाइ नगरपालिकालाई कुनै पनि बेला अफ्ठ्यारो परिस्थिति आएमा जेसीजलाई सम्झेमा जस्तोसुकै अफ्ठ्यारो परिस्थितिलाई पनि साथ दिएर जाने बताएका छन् ।
    शनिवार झापाको कनकाइ नगरपालिकाले आयोजना गरेको नगर प्रमुखसहित कार्यपालिका सदस्यहरुक लागि आयोजित एक दिने नेतृत्व विकास तथा उत्प्रेरणात्मक तालिमको सहजीकरण गर्दै पूर्व अध्यक्ष दाहालले जहाँ जेसीजलाई साथमा लिइन्छ त्यहाँ सफलता प्राप्त भएको बताए ।
    पूर्व अध्यक्ष दाहालले समृद्ध नगर निर्माण अभियानमा कसैको बाधा अड्चनले नरोक्ने बताउँदै नगरको समृद्ध निर्माणमा जेसीज पनि सँगसँगै रहेर काम गर्ने बताए ।
    अब कुनै पनि बहानाबाजी गरेर बस्न नमिल्ने बताउँदै जेसीजका मुख्य प्रशिक्षक समेत रहेका दाहालले भने–‘तपाईहरुलाई जनताले काम गर्नका लागि विश्वास गरेर पठाउनु भएको छ । अबको ५ वर्ष जनताका लागि काम गर्नुहोस् । कुनै बहानामा अनि राजनीतिक आस्थाका आधारमा नगरको विकासमा बाधा आउने काम गर्ने अधिकार तपाईहरुलाई छैन । जनताको विश्वासको मतलाई कदर गर्ने बेला तपाईहरुसँग छ । ’
    प्रशिक्षणको क्रममा दाहालले कनकाइ नगर हरेक क्षेत्रमा अब्बल रहेको बताउँदै यसलाई स्थायीत्व प्रदान गर्दै पूर्वाधार विकासका लागि नगरले अग्रभागमा रहेर काम गर्न सुझाव दिए । बन्दमुक्त नगरको नाममा देशमै ख्याती कमाएको नगर समेत रहेकोमा खुसी व्यक्त गर्दै दाहालले भने–‘तपाईहरु देशकै उत्कृष्ट नगरमा हुनुहुन्छ । जहाँ कुनै बन्द हडतालले कुनै असर गर्दैन । तपाईहरु प्राकृतिक सुन्दरता, धार्मिक तीर्थस्थल, शैक्षिक, साहित्यक, खेलकुदमा पनि अब्बल हुनुहुन्छ ।’
    नगरका मेयर राजेन्द्र पोखरेलले नगरका हरेक जनप्रतिनिधि आ–आफ्नो किसिमले निपूर्ण भए पनि जेसीज आफैमा व्यक्तित्व विकास गर्ने संस्था भएकाले सहकार्य गरेर यो प्रशिक्षणको आयोजना गरेको बताए । उनले यस प्रशिक्षणबाट दिल र दिमागलाई जोडेर काम गर्न सक्ने भावनाको विकास भएको बताए ।
    नगर प्रमुख पोखरेलले तालिममले नेतृत्वमा कसि लगाउने काम गर्ने बताउँदै हरेक क्षेत्रमा विज्ञताका आधारमा काम गर्दै जनताको मतलाई उच्च कदर गर्दै अबको ५ वर्षा कनकाइ नगरलाई समृद्ध बनाएर लैजाने बताए ।
    सुरुङ्गा जेसीजले संयोजन गरेको तालिममा नगरका प्रमुख, उपप्रमुख, ९ वटै वडाका वडा अध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्य, जेसीजका बोर्डका पदाधिकारी, पूर्व अध्यक्षहरु, कनकाइ उद्ययोग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेललगायत १ सय ५० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक एवम् सुरुङ्गा जेसीजका अध्यक्ष भीम भट्टराईले बताए ।
    नगर प्रमुख राजेन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागि सुनिता खरेल, लक्ष्मीप्रसाद ओली र बालकृष्ण मैनालीले बोलेका थिए । कार्यक्रमको सञ्चालन तालिम संयोजक शुष्मा न्यौपानेले गरेकी थिइन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…