• २५ भाद्र २०७४ काठमाण्डौ ।

    By:Ratokalam

    माओवादी केन्द्र सम्बद्द ताप्लेजुङ काठमाडौ जन सम्पर्क मन्चको आयोजनामा माओवादी केन्द्र सचिवालय सदस्य सुरेश आले मगर र सामान्य प्रशासन राज्यमन्त्र वाङ्दी शेर्पाको उपस्थितिमा शनिबार, काठमाण्डौमा दशैँ , तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा माओवादी केन्द्रका नेताहरुलाई खादा ओढाएर सम्मान  गरिएको थियो ।

    सामान्य प्रशासन राज्यमन्त्री वाङ्दी शेर्पा , फुङलिङ नगरपालिका उपमेयर तारा भट्टराई , सिदिङ्बा गाउपालिका उपाध्यक्ष जीवन ताम्लिङ लगायत नेताहरुको उपस्थिति रहेको थियो । नयाँ शक्तिको ताप्लेजुङ काठमाडौ सम्पर्क सम्यन्त्र र ताप्लेजुङ काठमाडौ जन सम्पर्क मन्चबीच समायोजन भैइ मिङ्मा डन्डु लामाको अध्यक्षतामा ३५ सदस्यीय नया कार्य समिति समेत चयन गरेको छ ।

    उपाध्यक्षहरुमा मनिशा यक्सो, निरोज लिबाङ , पासाङ शेर्पा, मान थलङ,देउमान कडरिया,मोहन प्रसाईं, र विश्वराज सामेखाम निर्वाचित भएका छन । सचिबमा आदिराम ईजम  र कोषाध्यक्षमा राजन लिम्बू निवार्चित भएका छन ।

    कार्यक्रममा ताप्लेजुङ जिल्ला सेक्रेटरी पराग को पनि सहभागी थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …