• २०७४ चैत्र ०४ आइतवार

    काठमाडौै : प्रहरीको फरार सूचीमा रहेका मनाङ क्षेत्रनम्बर 'क', बाट प्रदेश सभा सदस्यमा निर्वाचित दीपक मनाङे  राजीव गुरुङ  का नाममा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत रेडकर्नर  नोटिस जारी भएको छ।

    मनाङे देशबाहिर रहेको सूचना पाएपछि नेपाल प्रहरीको इन्टरलपोल शाखामार्फत रेडकर्नर नोटिस जारी भएको काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए।

    पोखरेलका अनुसार मनाङेलाइ इन्टरपोल मुख्यालयले गएको शुक्रबार रेडकर्नर नोटिसमा राखेको हो। मनाङेलाइ अब इन्टरपोल सदस्य १ सय ९२ देशको प्रहरीको खोजीमा हुनेछन्।

    मनाङे समूहले २०६१ सालमा ‘गुण्डा नाइके’ चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा चक्रे मिलनको हात छिनाएका थिए। सोही घटनामा ज्यान मार्ने उद्योगमा उनलाई २०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो।

    सोही घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनको फैसला सदर भएको हो।

    यसअघि, जिल्ला अदालत काठमाडौंको फैसलाबमोजिम सोही मुद्दामा मनाङे दुई वर्ष जेल बसिसकेका छन्। जिल्ला अदालतको फैसलापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङेलाई सजाय कम भएको दाबी गर्दै पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…