• दमक चैत ४ गते । क्यान्सर रोगबाट पीडित भई निधन भएका कमल गाउँपालिका ४ झापाका ललित तामाङको परिवारलाई इजरायलबाट पठाइएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इजरायलबाट  पथरीशनिश्चरे निवासी प्रकाश पाहिम लिम्बूले आफु र साथीभाईबाट संकलन गरेर पठाएको नगद ८७ हजार ५ रुपैंया आईतवार पत्रकार तेजन खड्काले घरमै लगेर ललितकी श्रीमती गोमालाई हस्तान्तरण गरेका हुन् । बिभिन्न सञ्चारमाध्यमा  तामाङ क्यान्सर रोगबाट पीडित भई उपचारमा समस्या भएको समाचार आएपछि प्रकाशले आर्थिक सहयोग संकलन गर्नुभएको थियो ।

    तामाङको निधन भएको खबरले दुख लागेको बताउदैं प्रकाशले  परिवारको दहनिय अवस्थामा लालावालाको पठनमा सहयोग स्वरुप सहयोग रकम पठाएको अनलाईन कुराकानीमा बताउनुभएको छ । उहाले सहयोग गर्नु हुने सबैमा धन्यवाद व्यक्त गर्नु भएको छ । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार खड्काले विदेशबाट रकम हस्तान्तरण गर्ने जिम्मेवारी आफुलाई दिएको र हस्तान्तरण गरेको बताउनुभयो । विदेशमा श्रम गरि मेहनत पसिना बगाएर कमाएको केहि रकम प्रकाश दाई लगायत उहाँको साथीभाईले सहयोग गर्नुभएको हो,खड्काले भन्नुभयो, वालबच्चाको पठनपाठन लगायत परिवारको समस्यामा खर्च गर्नुहोला ।



    सहयोग अभियानमा सक्रिय रुपमा लाग्नुभएकी लक्ष्मी तामाङ अन्जुले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो । उहाँले सहयोगी दाताहरुमा धन्यवाद दिनुभयो । ललितदाईलाई बचाउन अथक प्रयास गर्दा पनि मृत्युसँग संघर्ष हामीले जित्न सकेनौ, लक्ष्मीले भन्नुभयो, निधन पछि पनि बालबच्चाको भविष्य र परिवारको दहनिय अवस्था सम्झेर सहयोग गरिदिनुभएकोमा तामाङ परिवारबाट सहयोगीदातामा धन्यवाद ज्ञापन गर्दछौ । लक्ष्मीका अनुसार स्वर्गिय ललितका ५ जना छोराछोरी छन् । श्रीमती पनि अपाङ्गता हुनुहुन्छ । उहाँहरुको    सानो छाप्रोमा बस्ने चुईने र पुरानो भईसकेको छ । छोराछोरीका लागि विद्यालयमा छुट गराएर पठाउने ब्यवस्थाको लागि आफु लागिरहेको बताउनुभयो । जति पनि सहयोग रकम आएको छ बैंकमा खाता खोलि राखिएको छ ।

    सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार हरि कोईराला,गोपाल काफ्ले लगायत छरछिमेकहरुको उपस्थिती रहेको थियो ।



    प्रकाश पाहिम को अगुवाईमा सहयोग गर्नु हुने सहयोगीदाताको नामवली
    2 सरिन ख्युङ्वा = 150
    3 रेनु मोक्तान =101
    4 खेमराज राई =101
    5 बिष्णु अधिकारी =101
    6 नरिता घताने =101
    7 सरला पाहीम =105
    8 अवी आङ्देम्बे =105
    9 गिरिस =50
    10 सागर तुम्बापो =50
    11 राजु ढकाल =150
    12 मञ्जु खड्का = 175
    13 सन्तोष लिबाङ =55
    14 सुभाष कुवर =51
    15 रानु सुवेदी =101
    16 नोरिन लिम्बु =151
    17 प्रबिन तामाङ =151
    18 शम्भु दाहाल =101
    19 कुसाङ गुरूङ =100
    20 राज छातकुली = 50
    21 युवराज थापा =101
    22 माला खनाल =101
    23 गीता तुम्बाहाम्फे =101
    24 बिशन लिम्बु। =100
    25 सिता थापा =100
    26 जयन्द्र अधिकारी =100
    27 भभ्ली भट्टराई =60
    28 संगीता आचार्य =200
    29 प्रकाश पाहिम = 150


     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…