• २०७४ चैत्र ०४ आइतवार

    काठमाडौँ — चैत्र ८ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा  एसईई  को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    बोर्डका अनुसार ७७ वटै जिल्लामा सञ्चालन हुने परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुनेछन् ।

      एक हजार ९ सय ५६ परीक्षा केन्द्रमा सञ्चालन हुने एसईईमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ विद्यार्थी सम्मिलित हुने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए ।


    नियमितका ८ हजार ७ सय ३४ र एम्जाम्टेड तर्फका २० जना प्राविधिक धारका विद्यार्थीले पनि माध्यमिक शिक्षा कक्षा १० को परीक्षा दिने तयारी गरिरहेका छन् ।


    चैत्र ८ गते बिहान ८ बजेबाट हुने परीक्षाको सबै तयारी पूरा भइसकेको उनले बताए । बोर्डको कार्यालय सानोठिमी भक्तपुरमा पत्रकार सम्मेलन गरेर आइतबार परीक्षाबारे जानकारी दिइएको हो ।


    उत्तरपुस्तिका  प्रश्नपत्रलगायत परीक्षा सञ्चालन गर्न आवश्यक पर्ने सामग्री जिल्ला हुँदै सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेका छन्  उनले भने ।


    जिल्ला परीक्षा समन्वय समितिहरुको निर्णयअनुसार देशभर एक हजार ९ सय ५६ केन्द्राध्यक्ष  दुई हजार चार सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार तीन सय ४० सहायक निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार तीन सय ४० सुरक्षाकर्मी गरी ६४ हजार ७ सय ६२ जनशक्ति परिचालन गर्ने तयारी भएको छ ।


    १० वर्षपछि नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रको आधारमा परीक्षा हुन लागेको हो । यसपालिबाट अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने नयाँ व्यवस्था गरिएको छ ।



    अक्षराङ्क पद्धतिमा  सी  ग्रेड र भन्दा तल्लो ग्रेड प्राप्त गरी ग्रेडवृद्धि गर्न नसकेका विद्यार्थीले एक्जाम्टेड परीक्षा दिन लागेका हुन् । साधारण धारतर्फ १७ गते र प्राविधिक धारतर्फको परीक्षा चैत्र २० गते सम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।



    परीक्षालाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउन सबै प्रदेश समेटिने गरी बोर्डका पदाधिकारी   शिक्षा मन्त्रालयका सहसचिव  क्षेत्रीय शिक्षा निर्देशनालय  जिल्ला समन्वय समितिका पदाधिकारी र जिल्ला शिक्षा कार्यालयका कर्मचारीको नेतृत्वमा अनुगमन टोली बनाइएको रेग्मीले बताए ।


    बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीले आफ्नो क्षमता प्रस्तुत गर्ने वातावरण बनाउन सरोकारवालाहरुलाई अनुरोध गरे ।


    परीक्षा प्रणाली परिवर्तन भएको छ  विद्यार्थीले मनोवैज्ञानिक सन्त्रास पाल्नु जरुरी छैन  ढुक्क भएर परीक्षा दिन आग्रह गछौं  उनले भने ।


    केन्द्रीय सुरक्षा समिति बैठक बसेर परीक्षाको शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उनले बताए ।


    सुरक्षा संवेदनशिलता छैन, परीक्षाको मर्यादा विपरित कार्य गरे परीक्षा केन्द्र वा परीक्षार्थीको परीक्षा समेत रद्द गर्न सकिने छ  उनले भने  प्रचलित ऐन नियमअनुसार कारबाही गरिनेछ ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…