•  

    अर्जुनधारा जेसीजले यस नगरपालिका–६ मा रहेको अपाङ्ग बालबालिका केन्द्रका नानीहरुलाई एक समारोहबिच लत्ताकपडा, खाने राशन प्रदान गरेको छ ।
    आइतबार केन्द्रमा पुगेर जेसीजका पदाधिकारीलगायतको उपस्थितिमा बालबालिकालाई सहयोग गरेको हो । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने नारालाई आत्मासात गर्दै असाहयमा मानवीयता प्रकट गर्न आएको अध्यक्ष अजय देवले बताए ।
    कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष इन्दिवर खड्काले जहाँ जेसीज त्यहाँ मानवियता प्रकट हुन्छ नै त्यसैले आज बाल केन्द्रमा उपस्थित भएको र आउने दिनमा पनि यस्ता कार्य गर्दै जाने बताए । कार्यक्रममा वर्ष १५ का अध्यक्ष दिपिन राई, २०१६ का अध्यक्ष सार्दुलहाङ ओली, २०१७ का प्रल्हाद ढुंगाना, नगर सदस्य अर्जुन मेचे, खेलकुद पत्रकार संघका जिल्ला अध्यक्ष रमेश राई, सन्तोष राई, सन्तोष मेचे लगायतको आतिथ्य रहेको थियो ।
    कार्यक्रममा अपाङ केन्द्रका शिक्षक ढुण्डीराज कोइरालाले अपाङ्गलाई माया गरी सहयोग गर्न आएको भन्दै जेसीजलाई धन्यवाद दिँदै अस्थायी रुपमा रहेको यस केन्द्रलाई स्थायी रुपमा लैजानको लागि आग्रह गरेका थिए ।
    सूचना सहसंयोजक निशा गौतमले आस्था वाचन गरेको कार्यक्रमको स्वागत उज्वल खरेलले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव देवेन्द्र मैनालीले गरेका थिए । बाल अपाङ्गलाई समाजसेवी लीला तामाङ र युवा व्यवसायी निर्मल काफ्लेले समेत सहयोग गरेको जनाइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…