• बिजय धिमाल

    उर्लाबारी ४ चैत ।  मोरङको उर्लाबारी मंगलबारे स्थित मातृभाषा केन्द्र नेपाल र धिमाल जातिय विकास केन्द्रको संयुक्त आयोजनामा धिमाल भाषाको लेखन शैली सम्बन्धी निर्देशिका पुस्तीका एक कार्यक्रमका बिच विमोचन गरिएको छ । धिमाल परियोजना स्थल, मंगलबारेमा शनिबार सो निर्देशिका विमोचन गरिएको हो । कार्यक्रममा पूर्वि र पश्चिमका अग्रजहरुको उपस्थिति रहेको थियो । धिमाल भाषा लेखनमा एकरुपता कायम गर्न सो पुस्तिका उपयोगी हुने कार्यक्रमका बक्ताहरुले बताएका थिए। धिमाल जातिय विकास केन्द्रका सल्लाहकार संयोजक रामबहादुर धिमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सल्लाहकार सदस्य लोकबहादुर धिमाल, सुर्यबहादुर धिमाल, संस्थापक सल्लाहकार जितबहादुर धिमाल, संस्थापक मोहन धिमाल, पर्तमान धिमाल, मातृभाषा नेपालका नेत्रमणी राई, सुशील राई लगायतको आतिथ्यता रहेको थियो । पुस्तिका विमोचनको अवसरमा धिमाल शब्दकोष सम्बन्धी अन्तर्क्रियात्मक छलफल समेत गरिएको थियो । धिमाल जातिय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमालको सभापतित्वमा भएको थियो भने कार्यक्रममा केदार धिमालले सन्चालन गरेका थिए।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…