• देबु बानियाँ  ।

    काँकरभिट्टा । सुरुङ्गा भेट्रान फुटबल क्लव नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको अन्तिम सेमीफाइनल खेलमा आयोजक क्लवलाई सडन डेथमा ५–६ गोल अन्तरले हराउँदै फाइनलमा सुरुङ्गाले आफ्नो सिट सुरक्षित गरेको हो ।

    यो जितसँगै सुरुङ्गाले मंगलवार हुने फाइनल खेलमा विर्तामोड भेट्रान फुटबल क्लबसँगको भेटलाई पक्का गरेको हो । विर्तामोडले पहिलो सेमीफाइनल खेलमा धाइजन–चारआलीलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । सुरुङ्गा र विर्ताोडले फाइलन खेलमा १ लाख २५ हजार नगद पुरस्कारका लागि एक अर्कामा भिड्नेछन् ।

    आइतवारको खेलमा निर्धारित सययमा २–२ को बराबरी भएपछि निर्णयका लागि टाइब्रेकरमा लगिएको थियो । टाइब्रेकरमा पनि नतिजा नआएपछि सडन डेथका आधारमा सुरुङ्गाले आयोजक माथि बाजी मारेको थियो ।

    खेलको पहिलो हाफको २३ र ३० औं मिनेटमा सुरुङ्गाका सन्तोष श्रेष्ठले २ गोल गर्दै अग्रता लिएका थिए । दोस्रो हाफको १४ औं मिनेटमा काँकरभिट्टाका राकेश श्रेष्ठ र २५ औं मिनेटमा ै सरोज थापाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

    पहिलो हाफमै लिइएको त्यो अग्रतालाई टिकाउन नसक्दा सुरुङ्गाको फाइनल यात्रामा पूर्ण विराम लाग्ने अवस्था सृजना उत्पन्न भएको थियो । तर, सडन डेथमा सुरुङ्गालाई भाग्यले साथ दिएपछि आयोजक स्तब्ध बनेको थियो ।

    आइतबार भएको खेलको म्यान अफ दी म्याज विजेता टिमका गोल रक्षक सुवास मेचे घोषित भएका आयोजक समितिका अध्यक्ष गंगालाल गुरुङले बताए ।

    प्रतियोगितामा नेपाल र भारतका गरी १४ वटा टिम सहभागिता रहेको हासचिव सुन्दर बस्नेतले बताए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…