• स्वागत पुन मगर

    दमाम साउदी,अरब

    मार्च-१९

    पछिल्लो पटक नेपालमा हुने गरेको विभिन्न दैबिक प्रकोप बढी रहेको बेला २ न प्रदेश अन्तर्गत सप्तरी को सुरुङ्गा नगरपालिका ३ निबासी अग्निपिडित धुर्ब कार्किको परिवारलाई आइतबार साउदी अरबमा कार्यरत मजदुर बाट संकलित रकम साउदी रियल (२३०३) नेपाली ६४४०० रुपैयाँ हस्तान्तरण भएको छ।

    साउदिमा कार्यरत भक्त कार्की सर्बहारा ,हरि ब बुढाथोकी , केदार कटुवाल जगत राउत तेज कार्की युबराज कटुवाल लागाएतको पहलमा संकलित रकम गाउँ का जेष्ठ नागरिक ललित ब कार्की मार्फत युवा उधमी कैलास बुढाथोकी महिला अधिकार कर्मी कोपिला कार्की लगाएत गाउका उपलब्ध छिमेकी को रोहवरमा मा पीडित धुर्ब कार्की को श्रीमती सुजिता कार्की लाई हस्तान्तरण गरिएको हो ।

    गत फागुन ९ गते भान्सा कोठा बाट सल्किएको आगोले घर सहित घरमा रहेको नगद सुन चादी लत्ताकपडा अन्नपात गुमाएका हाल सुरुङगा नगरपालिका ३ साबिकको सप्तरी जिल्ला हर्दिया ९ भेडिया का कार्की को पुनर्स्थापना को लागि शुभेच्छुक आफन्त बाट आर्थिक सहयोग थालिएको थियो । पीडित कार्की को पुनः बास सहजताको लागि गाउँ लगाएत कतार बाट पनि आर्थिक सहयोग उपलब्ध गरिएको कुरा समेत जानकारी गराउनु भभएको छ ।

    तर यति धेरै क्षति हुदा पनि सरकारी निकाय र गैरसरकारी संघ संस्थाबाट भने खासै सहयोग नपाएको पीडित को गुनासो छ।यस अभियान का भक्त कार्की सर्बहारा नेकपा माओवादी केन्द्र को प्रबास संगठन नेपाली जनप्रगतिसिल मंच साउदी अरबका केन्द्रिय सह कोषाध्यक्ष समेत रहेर सामाजिक कार्य गरि रहनु भएको कुरा जानकारी समेत गराउनु भएको छ ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…