• By: Ratokalam

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य दुर्गा राईले गोपाल किराती पार्टीमै आएर अन्तर संघर्ष गर्नुपर्ने बताउनु भएको छ ।
    रातोकलम अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा सो कुरा बताउनु भएको हो । पार्टी संबद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाको पूर्व केन्द्रीय संयोजक समेत रहनु भएका राईले किरातीले लिएको विचार सही भएपनि राष्ट्रिय अन्तराष्ट्रि परिस्थिति सम्पूर्ण कम्युनिष्टहरू एक हुनुपर्ने अवस्थामा रहेको बताउनुभयो ।

    राई संविधान सभाका पहिलो र गएको प्रतिनिधिसभाको निर्वाचनमा माओवादी पार्टीको तर्फबाट समानुपातिक उमेद्वार हुनुभयो । दुई पटक उमेद्वार भएपनि पार्टीले प्रतिनिधि सभामा सिफारिस नगरेर आफूमाथि अन्यय भएकोमा गुनासो समेत गर्नुभयो । पार्टीमा योगदान गरेका व्यक्तिहरूलाई छुटाएर नेताको आफन्तहरूको भर्ति केन्द्र बनाउने कार्य सच्चिनु पर्ने राईले बताउनुभयो ।

    माओवाद र पहिचानको मुद्धा एकता सम्मेलनसम्म मात्र नभएर माओवाद विज्ञान भएकोले कहिल्यै छाड्न नहुने राईले धारणा राख्नुभयो । पार्टी एकताको बिषयमा घोषणा हुन मात्र बाँकी रहेको उहाँको भनाई छ ।

    किरात राई यायोक्खा पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका राईले १ नम्बर प्रदेशको नाम किरात प्रदेश हुनुपर्ने बताउनुभयो । किरात नामकरणको लागि पार्टी सम्बद्ध मोर्चा संगठन र सामाजिक संस्था यायोक्खाको अभियानहरूमा सहभागि भएर लागिरहेको राईले बताउनुभयो ।

    किराती मोर्चाको करिव एक बर्ष अघि खोटाङ सदरमुकाम दिक्तेलमा चौथो राष्ट्रिय सम्मेलन भएको थियो । उक्त सम्मेलनमा अध्यक्ष छाड्नु पर्ने भएपछि पार्टीको संगठन विभाग प्रमुख रामबहादुर थापा (बादल) पार्टी संम्बद्ध राष्ट्रिय आदिवासी जनजाति महासंघका महासचिव शुरेस आलेमगर, पार्टी तत्कालीन १ नम्बर प्रदेश ईन्चार्ज गोपाल किराती (साइला), सचिवालय सदस्य शुरेसकुमार राईवीच दुर्गा राईलाई मोर्चाको फ्याक्सन ईन्चार्जको जिम्मा दिने सहमति भएको प्रसंग बाहिर आएको थियो । अहिले तपाई मोर्चाको फ्याक्सन हो कि होइन भन्ने सन्दर्भमा दुर्गाले भन्नुभयो ‘पार्टीका लिडरहरूवीच इन्चार्जको जिम्मा मैले लिने जेन्टल सहमति भएको हो, पार्टीको २०७३ पुस ४ गतेमा एक नम्बर प्रदेश समितिको सर्कुलरमा पनि जिम्मा मैले लिने भन्ने थियो । तर, अहिलेसम्म काम्रेड शुरेसकुमार राई(हिमाल)ले औपचारिक रूपमा ईन्चार्ज हस्तान्त्रण गर्नु भएको छैन् । जेन्टल सहमति र पार्टीको सर्कुलर अनुसार जिम्मेवारी हस्तान्त्रण गर्नुहोला त्यो उहाँको कुरा हो ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…