• उर्लाबारी चैत ५ गते । सामाजिक काममा सक्रिय युवा समाजसेवी सुन्दर श्रेष्ठले उर्लाबारी ९ को पोखरीबाध गाउँटोलका लागि सोमबार २० थान सकड बत्ति सहयोग गर्नुभएको छ । सोमबार स्थानीय पोखरीबाध युवा क्लव मार्फत उहाँले सो बत्ति र तार सहयोग गर्नुभएको हो ।
    साविक राजघाट ६ हाल उर्लाबारी ९ मा रहेको पोखरीबाधमा सडक बत्ति नभएपछि गाउँ नै अन्धकार भएको र बिभिन्न दुर्घटनाको जोखिम बढेपछि पोखरीबाध युवा क्लवले सुन्दर समक्ष उक्त समस्या अवगत गराएको थियो । सोहि अनुरप आफ्नो गाउँको समस्यामा सानो सहयोग गरेको श्रेष्ठले बताउनुभयो ।
    श्रेष्ठले पोखरीबाध युवा क्लवका अध्यक्ष जंग तामाङलाई एक कार्यक्रमका विच बत्ति र तार हस्तान्तरण गर्नुभएको छ ।
    बत्ति हस्तान्तरण गर्दै श्रेष्ठले आफुले सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले आमागि दिनमा पनि पोखरीबाधको लागि आवश्यक पर्ने सहयोगमा आफु सधै लागि पर्ने बताउनुभयो । निक्कै दुख कष्ट गर्दै कमाएको रकमबाट केहि रकम समाजसेवा मार्फत गाउँको विकासमा खर्च गरेको हुँ, सुन्दरले भन्नुभयो, सडक बत्ति जडान पछि नियमित रुपमा बालेर गाउँ झलमल्ल पार्नुहोला । उहाँले अन्य ठाउँमा पनि सहयोग गरेको बताउदैं बत्ति नबालिदिँदा दुख लाग्ने गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै पत्रकार हरि कोईरालाले श्रेष्ठको कामको खुलेर प्रंशषा गर्नुभयो । सहयोग भन्ने कुरा धन हुनेले भन्दा पनि मन हुनेले गर्ने कोईरालाले बताउनुभयो । सुन्दर दाई जस्तै अन्य दाताहरु पोखरीबाध युवा क्लवले पाईरहन सकोस,कोईरालले भन्नुभयो, समस्यामा सहयोग गर्ने दाताहरु धेरै हुनुहुन्छ, तर पहिले कस्ले सुरुवात गर्छ भन्ने नै ठुलो कुरा हो ।
    आज सुन्दर श्रेष्ठबाट यो गाउँको लागि सहयोग अभियान सुरु भएको छ । अन्य दाताहरुको सहयोगको लागि ध्यान जाहोस शुभकामना दिन चाहान्छु,कोईरालाले भन्नुभयो ।

    सडक बत्ति पाएपछि स्थानीयले खुशी प्रकट गरेका छन् । धेरैले गर्छौ भनेर आश्वसन मात्र दिएको बताउदैं पोखरीबाध युवा क्लवका कोषाध्यक्ष प्रताप तामाङले भन्नुभयो, सुन्दर दाई गाउँको समस्या सुनाएको मात्र थियौ । काठमाडौंबाट घर आउँदा सहयोग नै गरिदिनुभयो । प्रतापका अनुसार पोखरीबाधमा ५२ घरधुरीका लागि उक्त सडकबत्ति उपभोग गर्न पाउनेछन भने यात्रुहरुलाई सहजता मिल्नेछ । गाउँमा मरि मराउ र परिपराउमा बत्तिको कारण आवतजावतमा निक्कै सहजता हुनेछ । श्रेष्ठले यसअघि आफ्नो गाउँ
    खोपिडाँडामा पनि प्रत्येक पोलमा सडक बत्ति जडान गरिदिनुभएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…