• भीमराज अधिकारी
    चैत्र–५, पथरी, मोरङ

    २०७४ सालको रामनवमीको अवसरमा पूर्वाञ्चल स्तरीय खुल्ला नकआउट पुरुष भलिवल खेलको आयोजना हुने भएको छ । मोरङको पथरीशनिश्चरे ५ भोटेमुम्तिमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल रामजानकी मन्दिर परिसरमा खेल हुने आज पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मन्दिर परिसरमा प्रत्येक वर्ष रामनवमीको अवसरमा रामनवमी मेला लाग्दै आएको छ । सोही अवसरमा २०७३ साल देखि पूर्वाञ्चल स्तरिय भलिवल खेलको आयोजना पनि गरिदैँ आएको छ ।

    यो वर्ष पनि रामनवमी मेलाको अवसरमा चैत्र ८ गते देखि ११ गते सम्म पूर्वाञ्चल स्तरीय खुल्ला नकआउट पुरुष भलिवल खेलको आयोजना हुने भएका हो । रामजानकी भलिवल खेल आयोजक र हसन्दह स्पोर्टिङ क्लवको समन्वयमा खेलको आयोजना गरिएको भलिवल खेल आयोजक समिति सचिव रमेश दाहालले जानकारी दिनुभयो । खेल सम्पन्न गर्नका लागि जम्मा ३ लाख १७ हजार २ सयको अनुमानित लागत स्टीमेट गरिएको छ । खेल आयोजनाका लागि पथरीशनिश्चरे नगरपालिकाले २५ हजार, राष्ट्रिय खेलकुद कर्मचारी संघले २५ हजार, वडा नं. ५ ले २० हजार तथा अन्य विभिन्न क्षेत्रबाट आर्थिक संकलन गरिएको आर्थिक संयोजक अभिषेक भट्टराइले जानकारी दिनुभएको छ ।

    खेलमा पूर्वाञ्चलका जम्मा १० वटा टिमले सहभागिता जनाउने छन् । उद्घाटनका दिन पहिलो खेलमा दमक स्पोर्टिङ क्लव र पथरी स्पोर्टिङ क्लव बिचको खेल हुने छ भने दास्रो खेलमा ए.पि. एफ क्लव पकली सुनसरी र इनरुवा स्पोर्टिङ क्लव सुनसरी बिच हुनेछ ।

    प्रतियोगिताको प्रथम हुने टिमले नगद ५१ हजार र दोस्रो हुने टिमले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण्म पत्र पाउनेछन् । खेलमा म्यान अफ द म्याच तथा म्यान अफ द सिरिज पनि प्रदान गरिने आयोजकले जनाएको छ । म्यान अफ द म्याच तथा म्यान अफ द सिरिजको प्रायोजन स्थानिय युवा सुरेश दाहालले गर्नुभएको छ । प्रथम र दितिय ट्रफी भने रेवत बस्नेत (रोशनले) प्रायोजन गर्नुभएको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…