• दिनेश खड्का

    विराटनगर, चैत्र ५ । करणी मुद्दामा पुर्पक्षमा जेल चलान भएका वरिष्ठ पत्रकार केदार कोईरालालाई सोमबार जिल्ला आदालत काठमाडौंले ससम्मान रिराहा गर्न आदेश दिएको छ ।  धर्मपुत्रीको रुपमा घरमा पालेको एक किशोरीलाई करणी गरेको आरोपमा उनलाई नौ महिना अघि पक्राउ गरी पुर्पक्षको लागि थुनामा राखिएको थियो । सो विषयको लामो जाचबुझपछि किशोरीको पेटमा रहेको बच्चा कोईरालाको नभएको मेडिकल रिर्पोट ( डिएन्ए) आएपछि अदालतले उनलाई समोबार ससम्मान रिह गर्न आदेश दिएको हो । कुनै व्यक्तिले योनजन्य क्रियाकलाप गरेको हो/होईन पत्ता लगाउने एउटा भरपर्दा अधार डिएन रिर्पोट भएको चिकित्सकहरुले समेत बताएका छन् । चिकित्सकको भनाईको अनुसारपनि कोईरालाले सो घटनाका एक निर्दोष र कथित पात्र भएको देखिन्छ ।
    सोमवार रिहा हुना साथ कदेरा कोईलालाले भने ‘खाएको बीष लाग्ने हो नखाएको कसरी लागोस । ढिलै भएपनि अदालतले मलाई न्याय दियो ’। कोईरालाले आफुलाई फसाउन ठुलै तत्वहरुको हात रहेको समेत बताएका छन् । उनले भने ‘ति बालिका त आफुलाई फसाउन अरुले प्रयोग गरेको एउटा पासा मात्र हो, मलाई फसाउन लगेका पत्रहरु को को हुन् ढिलो चाडो सत्यता बाहिर आउछ ’।
    जेल चालन भएपछि फेसबुक, मोईबल नं सबै डिऐक्टिभेट गरेर बसेका पत्रकार कोईरालाले आजैवाट आफ्नो सबै एकाण्ट र नंम्बरहरु पुन:शुचारु समेत गरिसकेका छन् । अब एक साता भित्र फेरी पनि सशक्त पत्रकारिता पुन: प्रवेश गर्ने समेत कोईरालाले बताएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …