•  २०७४ चैत्र ०६ मंगलवार

    करोडौं प्रयोगकर्ताको निजी सूचना अनधिकृत रूपमा संकलन गरेको आशंकामा अनुसन्धान शुरु भएपछि सामाजिक सञ्जाल फेसबुकको शेयरमा भारी गिरावट आएको छ । सोमबार अमेरिकी शेयर बजारमा  फेसबुकको शेयरमा ८ प्रतिशतसम्म गिरावट आएको बीबीसीले जनाएको छ ।

    सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका क्रममा ‘केम्ब्रिज एनालिटिका’ नामक फर्मका पूर्वकर्मचारीले करिब ५ करोड फेसबुक प्रयोगकर्ताको विस्तृत विवरण अनधिकृत रुपमा संकलन गरेको पाइएपछि अनुसन्धान सुरु भएको हो ।

    यसअघि  अमेरिकाको म्यासाच्युसेट्सका महान्यायाधिवक्ता माउरा हेलीले फेसबुक र केम्ब्रिज एनालिटिकामाथि अनुसन्धान सुरु भएको बताउनुभएको थियो । हेलीले फेसबुक र केम्ब्रिजले यो घटनाबारे जवाफ दिनुपर्ने बताउनुभएको छ ।

    तर  फेसबुक र एनालिटिका दुवैले भने आफूहरूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । आलोचकहरूले फेसबुकमाथि नियमन जरुरी रहेको बताएका छन् ।

    उनीहरूले फेसबुक लगायतका सामाजिक सञ्जालमा भएका प्रयोगकर्ताका तथ्यांकहरू कहाँ, कसले र किन प्रयोग गर्छन् भन्ने नियमनका लागि कानुनी व्यवस्थाको माग समेत गरेका छन् ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…