• विराटनगर, भदौ २७नेपालको पहिलो र चर्चित रियालिटी शो नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको विराटनगरमा भव्य स्वागत गरिँएको छ । नेपाल आइडलको टप–३ मा पर्न सफल निशान आयोजक एपी वान टिभीको व्यवस्थापनमा गृह जिल्ला आएका हुन् ।



     



    बिहान ११ बजे विराटनगर विमानस्थलमा उत्रिएका निशानलाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । उनको स्वागतमा ठूलो संख्यामा उनका शुभचिन्तक तथा आफन्तसमेत पुगेका थिए ।



     



    विमानस्थलबाट बाहिरिएपछि कञ्चनबारीमा पनि निशानको स्वागत गरिएको थियो । हातमा फूलमाला बोकेर लामबद्ध शुभचिन्तकले उनको स्वागत गरेका थिए ।




     



    स्वागतपछि कञ्चनबारी चोकमा निशानले आफ्ना शुभचिन्तका लागि केही गत गाएका थिए । उनले त्यहाँ उपस्थित शुभचिन्तकको आग्रहमा बिनाट्र्यायक ‘छोरीभन्दा आमा तरुनी’, ‘तुलसी आँगनमा रोपौंला’लगायत गीत गाए ।



     



     



    मोरङ तथा विराटनगरका स्थानीयको बाक्लो उपस्थितिमा न्यानो स्वागत पाएका निशानले प्रस्तुति दिँदै आफूलाई धेरैभन्दा धेरै भोट दिएर नेपाल आइडल बनाउन सहयोग गर्न अपिलसमेत गरे ।



     







     



     



    गत हप्ताको अन्तिम–४ बाट छनौट हुँदै टप–३ मा पर्न सफल तीनैजना प्रतियोगीलाई आयोजक एपी वान टिभीले आ–आफ्नो गृ हजिल्ला पठाएको हो । प्रतियोगीलाई परिवारसँग भेटघाट तथा प्रचारात्मक कार्यक्रमका लागि समय दिएको बताइएको छ ।



     



    निशानबाहेक टप–३ मा परेका अन्य प्रतिस्पर्धी बुद्ध लामा र प्रताप दास पनि आ–आफ्नो गृह जिल्लातर्फ लागेका छन् ।




     



    आज मोरङ झरेका निशानले विराटनगरपछि सुनसरीको इटहरीमा आजै आफ्ना शुभचिन्तकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसक्रममा उनले केही प्रस्तुतिसमेत दिनेछन् ।



     



    आजै उनले मोरङको पथरी र गृह नगर उर्लाबारी पुगेर विशेष प्रस्तुति दिने कार्यक्रम रहेको छ ।


सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…