•  २०७४ चैत्र ०६ मंगलवार

    बाग्लुङ, चैत ६ – बागलुङ जिल्लाको ढोरपाटनमा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परि चालकसहित १० जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् ।

    बसमा सवार सात जना सकुशल रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाले बताउनुभयो ।

    बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस ढोरपाटन नगरपालिकाको गरगरे भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट बडिगाड खोलामा खसेको थियो । नाम थर नखुलेका एकजना हराइरहेकाले खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परि घाइते हुनेहरुमा चालक पाल्पा जिल्ला रिप्तीकोट – ५  का ४७ वर्षीय कलबहादुर थापा, उहाँका २१ वर्षीय छोरा बिमल थापा, बाग्लुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती, ढोरपाटन नगरपालिका ८ का ५० वर्षीय नरबहादुर विक, त्यही स्थानका ४५ वर्षीय दुर्गाबहादुर विक, १८ वर्षीय झकास विक, भारत रामपुर रतनपुरा बस्ने वर्ष ३३ का मुस्तेतार अलि,  त्यही स्थानका २२ वर्षीय युवराज खान,  ढोरपाटन ८ की १५ वर्षीया चन्द्रकला विक, वर्ष २२ का सुभाष विक, वर्ष ९ की आशिका विक रहेका छन् ।

    उनीहरु सबैको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक रानाले जानकारी दिए ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…