• पथरी, ६ चैत

    शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहमा आएपछि पहिलो पटक मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगर भित्रका विद्यालयहरुमा चैत ८ देखि गर्ने कक्षा ८ उतीर्ण परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।

    नगरपालिकाको शैक्षिक व्यवस्थापन समितिमातहतको आधारभूत तह परीक्षा उतीर्ण समितिको वैठक बसेर परीक्षा व्यवस्थापनको तयारीका बारेमा छलफल गरेको छ । भोलीसम्ममा प्रश्नपत्र, उत्तरपुस्तिका सहितका सम्पूर्ण सामग्री विद्यालयहरुमा पुगसक्ने समितिले जनाएको छ ।

    परीक्षा समितिका संयोजक रहनु भएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेको संयोजकत्वमा वसेको वैठकले शैक्षिक व्यवस्थापन समिति, नगरका प्रतिनिधि सहितको परीक्षा अनुगमन् समिति समेत निर्माण गरेको छ ।

    परीक्षा चैत ८ देखि सुरु भएर चैत १८ गते सम्पन्न हुनेछ । परीक्षामा नगरका सामुदायिकतर्फ ९ सय २४ र संस्थागततर्फ ५ सय ३० जना गरी १ हजार ४ सय ५४ परीक्षार्थी सामेल हुनेछन् ।

    नगरमा २८ वटा सामुदायिक र ३४ वटा संस्थागत विद्यालय रहेपनि कक्षा ८ सम्म पढाई भएका १८ सामुदायिक र १४ संस्थागत विद्यालयका विद्यार्थी परीक्षामा समावेश हुनेछन् ।

    सामुदायिक र संस्थागत गरी १, १ जना विषयगत शिक्षकहरुलाई विषयगत प्रश्नपत्र निर्माणको जिम्मेवारी दिइएको थियो ।

    प्रयोगात्मक परीक्षाको समय तालिका भनें विद्यालय आफैंले वनाएर सञ्चालन गर्ने निर्णय भएको स्रोत व्यक्ति गणेश दहालले बताउनु भएको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…