• बेलवारी / मोरङको सुन्दहरैंचा ७ मा ११ वर्षीया दलित बालिका सोमबार राति आफ्नै घरमा बलात्कृत भएकी छन्।

    पीडित बालिकालाई प्रहरीले वेहोस अवस्थामा फेला परेर उद्धार गरेको छ । पीडितलाई उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगर लगिएको र
    पीडितको अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ ।

    बालिकाको शरीरका विभिन्न भागमा चोट समेत देखिएको छ। बालिकाको स्वास्थ्य अवस्था भने खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २० वर्षीय कुमार राउतलाई पक्राउ गरेको छ। बालिका बलत्कार गरेर फरार बनेका उनलाई विशेष सूचनाका आधारमा सोमबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…