• देबु बानियाँ
    काँकरभिट्टा ।

    विर्तामोड भेट्रान फुटबल क्लब नेपालकै सर्वाधिक राशीको पुरस्कार रहेको नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
    काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजनामा भएको प्रसतियोगिताको मंगलवार काँकरभिट्टा माविका खेल मैदाना सम्पन्न फाइनल खेलमा सुरुङ्गा भेट्रानफुटबल क्लबलाई ३–० को गोल अन्तरले हराउँदै विर्तामोड भेट्रान कपको उपाधि चुम्न सफल भएको हो ।
    उपाधिसँगै विर्तामोडले नगद १ लाख २५ हजार, ट्रफि, मेडल, र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको सुरुङ्गाले नगद ५१ हजारट्रफि, मेडल, र प्रमाण पत्र प्राप्त गरेको छ ।

    प्रतियोगिताको म्यान अफ द टुनामेन्ट विर्तामोडका नगेन्द्रमणि लिम्बू भए । उनले नगद ५ हजार १ सय र ट्रफी प्राप्त गरे । सर्वाधिक गोलकर्ताको ट्रफि विर्तामोडका सुभाष लिम्बू भए । बेष्ट मिडफिल्डर आयोजक काँकरभिट्टा भेट्रानका राकेश श्रेष्ठ भए । उत्कृष्ट डिफेन्सको उपाधि विर्तामोडका मोहन गुरुङले प्राप्त गरे । उत्कृष्ट स्टाइकर विर्तामोडका देउमान लिम्बू भए । उत्कृष्ट गोलरक्षकको उपाधि सुरुङ्गाका सुभाष मेचेले प्राप्त गरे । उत्कृष्ट कोचका रुपमा विर्तामोडका नविन लिम्बू घोषित भए । भेट्रान प्लेयर अफ द टुनामेन्ट सुरुङ्गाका ५८ वर्षिय कुमार सापकोटा भए । फेयर अफ द टिमको उपाधी टुनामेन्टको उपाधि दार्जेलिङ भेट्रान फुटबल क्बल भयो ।

    उनीहरुलाई जनही ३ हजार १ सय र ट्रफी प्रदान गरिएको थियो । विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का खेलकुद मन्त्रि जीवन घिमिरे, जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा, प्रदेश सांसद श्रीप्रसाद मैनाली, इलाका प्रहरी कार्यालय काँकरभिट्टा डीएसपी टङ्कप्रसाद भट्टराई, सशस्त्र प्रहरीका डिएसपी दिनेश बस्नेत, पूर्व जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीराम घिमिरे, कांग्रेस नेतृहरु भद्रमाया बस्नेत, विना तामाङ, मेची नेत्रालयका हेल्थ कोअडिनेटर नवराज प्रदान, आयोजक समितिका अध्यक्ष गंगालाल गुरुङ, फुटबल प्रशिक्षक दिपक कार्की, माओवादी नेता माधव अर्याललगायतले पुरस्कार वितरण गरेका थिए ।

    यसैगरी, सोही अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
    सम्मानित हुनुेहरुमा प्रदेश सांसद श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, मेचीनगरका प्रमुख विमल आचार्य, उपमेयर मिना उप्रेती, मेचीनगर ६ का वडा अध्यक्ष ललित तामाङ, जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा रहेका छन् । उनीहरुलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

    यसैगरी, मेची नेत्रालयका डाक्टर शरथचन्द्र राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिन बस्नेत र नरेन्द्र गुरुङलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…