• सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश नम्बर १ लाई खेलकुद मैत्री र खेलाडी मैत्री बनाउने बताएका छन् ।
    काँकरभिट्टा भेट्रान फुटबल क्लबले आयोजना गरेको नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेललाई मंगलवार काँकरभिट्टामा उद्घाटन गर्दै मन्त्री घिमिरेले पूर्व खेलकुदको उर्वरभूमि रहेको बताउँदै यसलाई थप उचाइमा लैजानका लागि खेलकुद मैत्री क्षेत्र बनाएर लैजाने बताएका हुन् ।
    ‘अहिले नै के गर्ने भन्ने अवस्था छैन’ मन्त्री घिमिरेले भने–‘तपाईहरु खेलकुद क्षेत्रको विज्ञ हुनुहन्छ । खेलकुदलाई उचाइमा लैजान के कस्ता योजनाहरु हुन्छने तपाईहरुले ल्याएका सुझाव र सल्लाह अनुसार यसको विकासका लागि म लाग्ने छु ।’
    उनले पछिल्लो समय खेलकुदले नेपाललाई विश्वमा चिनाउन सफल भएको बताउँदै खेलाडीहरुको मनोबल उच्च राख्नका लागि खेलमैत्री ऐन बनाएर जाने बताए । उनले यसका लागि सबै खेलकुद क्षेत्रका व्यक्तिहरुलाई सल्लाह सुझाव दिन आग्रह समेत गरे ।
    शिक्षासम्मको मन्त्रालय सम्महालेका मन्त्री घिमिरेले सरकारी विद्यालयको शैक्षिक गुणस्तरका लागि आफुमा चुनौती रहेको बताउँदै अबको ५ वर्षभित्रमा सबै विद्यालयहरुलाई अंग्रेजी माध्यममा लैजाने बताए । ‘राम्रा विद्यालयहरुलाई प्रोत्साहित गर्दै लैजाने र कम विद्यार्थी भएका विद्यालयहरु मर्ज गर्दै जानेछौँ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घिमिरेले भने–‘विद्यार्थी बढाएमा सबै सेवा सुविधा पाउनु हुन्छ नत्र छिमेकी विद्यालयसँग मर्ज भएर जानेछन् ।’
    मन्त्री घिमिरेले निजी विद्यालयहरुले शैक्षिक क्षेत्रमा ठूलो योगदान गरेको बताउँदै निजी विद्यालयहरुलाई आगमी दिना सामाजिक उत्तरदायित्व बहन गराउनका लागि थप योजना ल्याउने बताए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…