•  २०७४ चैत्र ०७ बुधवार

    इटाभट्टा । मेचीनगर लेडी जेसीजले मेचीनगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका बाल क्लबमा आबद्ध विद्यार्थीहरुलाई ५ दिने क्षमता अभिबृद्धि सम्बन्धि तालिम दिने भएको छ ।

    बाल क्लबका माध्यमबाट विद्यार्थीहरुले आफ्नो क्षमता अघिबृद्धिसहित विद्यालयको शैक्षिक गुणस्तरमा समेत योगदान गर्दै आएकाले उनीहरुलाई थप क्रियाशील र सफल नेतृत्वकर्ता बनाउने उदेश्यका साथ जेसीजले तालिम दिने तयारी गरेको मंगलवार आदर्श मावि इटाभट्टाा आयोजित भेलामा जानकारी गराइएको थियो ।

    काँकरभिट्टा र बाहुनडाँगी स्रोत केन्द्रको संयोजनमा दुवै स्रोत केन्द्रका १० वटा मावि र ४ वटा आधारभूत विद्यालयका २८ जना विद्यार्थीलाई तालिममा सहभागि गराइने जेसीजकी वर्ष २०१८ की अध्यक्ष सुनिता पनेरुले बैठकमा जानकारी गराइन् । उनका अनुसार नेपाल जेसीजका प्रशिक्षक ल्याएर उनीहरुलाई तालिम प्रदान गरिनेछ ।

    आदर्श माविका प्रधानाध्यापक हेमकुमार खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, निवर्तमान अध्यक्ष शोभा श्रेष्ठ, पूर्व अध्यक्ष टिका सुवेदी, कविशिरोमणी बाल क्लबका संरक्षक शिक्षक रुद्र संग्रौला, काँकरभिट्टा बाल क्लबका संरक्षक शिक्षक तुलसीप्रसाद शर्मा, आदर्श बाल क्लबका संरक्षक शिक्षक दुर्गाराज सुवेदी, बाहुनडाँगी स्रोत केन्द्रका स्रोत व्यक्ति दिपेन्द्र कन्दङ्वा, धुलावारी बाल क्लबकी अध्यक्ष चाँदनी खातुनलगायतले बोलेका थिए ।

    कार्यक्रमको सञ्चालन काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहालले गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चर…

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …